

मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

काठमाण्डाै – मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् ।
नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने मलेसियाको सरकारले जनाएको छ ।
मलेसियामा झन्डै चार लाख नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा झन्डै दुई लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएकामा आर्थिक वर्ष २०८०/८१ देखि औपचारिक क्षेत्रमा विदेशी कामदार भर्ना पूर्णरूपमा बन्द गर्ने निर्णय गरेपछि यो सङ्ख्या घटेर ८१ हजार तीन सय ८२ मा झरेको छ ।
श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार मलेसियासहित खाडी सहयोग परिषद् (जीसीसी) का बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य हुन् । १० वर्षअघिदेखि यी सात देशले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि ८० प्रतिशतभन्दा बढी रोजगारीको अवसर दिँदै आएका छन् ।
मलेसियाले एक महिनाअघि मात्र विदेशी कामदारका लागि आंशिक रूपमा श्रम बजार खुला गर्दै बगान, गार्मेन्टलगायत केही क्षेत्रमा कोटा तोकेर कामदार लैजाने निर्णय गरेको छ । नेपाली श्रमिक मलेसिया लैजाने प्रक्रिया भने अहिलेलाई बन्द छ । याे प्रक्रिया छिटै खुलाउने तयारी भइरहेको सरकारले जनाएको छ । उज्यालो
October 20, 2024 8:31 am | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

घरेलु मदिरालाई व्यावसायीकरण गर्ने’

ट्रम्पको चेतावनी : इरानलाई आत्मसमर्पण गर्न आग्रह, आकाशमाथि पूर्ण नियन्त्रणको दाबी

रबिबारे पुर्वप्रधानमन्त्रि चन्द सोध्छन कानूनका रक्षक बनेर बसेकाहरू अहिलेसम्म कहाँ सुतिरहेका थिए

१५ अगष्टमा संखुवासभा समाज कुवेतले प्रथम वार्षिक उत्सव मनाउँदै

क्षेप्यास्त्र प्रहार भएको भवन पुगेर नेतन्याहूको चेतावनी : इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्छ

कुवेतमा ‘वाणी र व्यवस्थापन’ तालिम सम्पन्न : विदेशमा बसेर सिक्ने राम्रो अवसर, सहभागीहरु उत्साहित

