अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ ।
डलरको भाउ युरोको भन्दा एक दशमलव ५ प्रतिशतभन्दा धेरैले बढेको छ । अमेरिकाको केन्द्रीय बैंकले आज बढेको मूल्यसहित डलरको भाउ निर्धारण गर्दैछ । विश्लेषकहरूले यसअघि नै ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्ने बताएका थिए ।
मतगणनाको क्रममा ट्रम्पले अग्रता लिएसँगै युरोपका मुख्य शेयर सूचकाङ्कहरू बढेका थिए भने एशियाली बजार विभाजित रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ शेयरहरू प्रभावित भएका छन् ।
बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित रहेको पाइएको छ ।
ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि टेस्लाको शेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस्तै बिटक्वाइन ६ हजार डलरले बढेर मार्चको झण्डै ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको खबरमा उल्लेख छ । उज्यालो
November 7, 2024 8:48 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार