नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको प्रेस प्रेस बिज्ञप्ती
प्रेस बिज्ञप्ती
मिति २०८१ चैत्र १५ गते राजसंस्थाको पुनर्स्थापनाको माग नाम दिएर गरिएको हिंसात्मक प्रदर्शनको समाचार संकलनका क्रममा आगजनीमा परि एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दु:खद निधन भएको घटना प्रति नेपाल पत्राकार महासंघ वैदेशिक कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ।
प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण , कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यलय तोडफोड , हिमालयन टेलिभिजनको गाडीमा क्षति पुर्याउने कार्य तथा सार्वजनिक तथा निजि सम्पत्तिमाथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलाप प्रति वैदेशिक शाखा कुवेत कडा भत्सर्ना गर्दछ ।
लोकतान्त्रिक अधिकार भित्र रहि शान्तिपूर्ण आन्दोलन गर्नु जायज रहे पनि पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममा आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रता दमन गर्ने कार्य पूर्ण रुपमा अस्वीकार्य , निन्दनीय र आपराधिक छ ।
सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह र सञ्चारकर्मीहरुको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्ता खालका घटनाहरु नदोहोरिउन भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न वैदेशिक शाखा कुवेत जोडदार माग गर्दछ ।
March 30, 2025 2:15 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ