कुवेतमा एनआरएनएद्वारा निःशुल्क स्वास्थ्य शिविर आउँदो शुक्रबार
कुवेत, ५ अक्टोबर।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा जोड दिएको छ।
कार्यकालको सुरुवाती चरणमै वास्तविक प्रवासी नेपालीहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यका साथ व्यावहारिक कामलाई प्राथमिकता दिएको समूहले जनाएको छ।
त्यसैअनुसार, एनआरएनए राष्ट्रिय समन्वय परिषद्, कुवेतले भिभा क्लिनिक (VIVA Clinic) कुवेतको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
कार्यक्रम अक्टोबर १०, २०२५ (शुक्रबार) का दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म कुवेतको मङ्गाफस्थित भिभा क्लिनिकमा सञ्चालन हुनेछ।
शिविरमा सहभागी हुने सबै नेपाली नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श र आवश्यक औषधि उपलब्ध गराइनेछ। साथै, आधारभूत स्वास्थ्य परीक्षण, दाँत परीक्षण र आँखाको परीक्षणलगायत सेवा पनि प्रदान गरिने जनाइएको छ।
एनआरएनएले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अध्यक्षहरूलाई निर्धारित समयमा उपस्थित भई स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरेको छ।
समूहले यस अभियानमार्फत कुवेतमा कार्यरत नेपाली समुदायबीच स्वास्थ्य सचेतना बढाउने र दीर्घकालीन स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्य लिएको जनाएको छ।
भिभा क्लिनिक कुवेतकै एक लोकप्रिय र विश्वासिलो स्वास्थ्य संस्था हो, जसले लामो समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
October 6, 2025 12:39 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता