निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
कुवे/निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन राज मल्लको निर्देशनमा तयार गरिएको यस गीतलाई नेप्टोन ब्यान्ड र निरेम प्रोडक्सनले संयुक्त रूपमा प्रस्तुत गरेका हुन्।यो गीत गत शुक्रबार सम्पन्न निरेम सांगीतिक उत्सव २०२६ को दिन पहिलो पटक सार्वजनिक गरिएको थियो भने आज मात्रै निरेमको आधिकारिक युट्युब च्यानल Nirem TV मार्फत औपचारिक रूपमा रिलिज गरिएको हो। गीतमा कुशल विश्वकर्मा (कुश) र केवल थापा मगरको शब्द, कुशल विश्वकर्मा (कुश) कै संगीत तथा एरेन्ज रहेको छ। राजु कार्कीले मिक्स तथा मास्टर गरेका छन् भने कम चलाउ स्टुडियोमा रेकर्डिङ गरिएको हो।
नेप्टोन ब्यान्ड निरेमकै आफ्नै ब्यान्ड हो। ब्यान्डका सदस्यहरूमा सुरेन्द्र लिम्बु (भोकल), रेवोन श्रेष्ठ (गिटार/ब्यान्ड म्यानेजर), कुशल विश्वकर्मा (कुश) (गिटार/प्रोग्रामर/सहायक ब्यान्ड म्यानेजर), अर्पण विश्वकर्मा (बास गिटार), भुषण राई (ड्रमर) र निरोज सुन्दास ‘क्यान्डी’ (ड्रमर) रहेका छन्। गीतको भिडियोमा किरण बराइली र लक्ष्मी जीसी मुख्य भूमिकामा देखिएका छन् भने प्रकाश सेन र मिना मगर सहायक भूमिकामा रहेका छन्। सहायक निर्देशन सुरेन्द्र लिम्बुले गरेका हुन्। सुरेन्द्र लिम्बु र इन्द्र थापा मगरले क्यामेरा सम्हालेका छन्। सम्पादन सुरेन्द्र लिम्बु र अर्जुन श्रेष्ठले गरेका छन् भने कलर योगेश दाहालले गरेका हुन्।“अल्झेछु म” गीतले प्रेम र भावनात्मक उतारचढावलाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गरेको छ। गीत हाल Nirem TV युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ उपलब्ध छ।
January 13, 2026 1:06 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ