Tuesday 26th May 2026

मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

4 hours अगाडी

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रूपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइन निर्माण हुन लागेकाे हो । यसले विद्युत् खपत बढाउने र शहरमा सौन्दर्य अभिवृद्धि पनि गर्ने छ ।

प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म यो प्रसारण लाइन जोडिनेछ । बालाजु सबस्टशेनदेखि सिंहदरबारसम्म जोडिने यो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ । डलब सर्किट यो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।

यस्तै महाराजगञ्जमा १३२/११ केभी राजदरबारमा १३२/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । यस्तै रत्नपार्कमा १३२/११ केभी र सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सबस्टेशन पनि निर्माण हुनेछ ।

प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ । उज्यालो

          May 26, 2026 5:30 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...