पैसा कमाउन साउदीमा गएका ज्योति राई आधा शरिर नचल्ने भएर घर फर्किए ।
8 years अगाडी
Nepal Drishti
तेज थापा,
साउदी – परिवारको खुशि र सन्ततिको उज्ज्वल भविष्यको सपना देखि साउदी छिरेका ज्योति राई आधा शरिर पक्षघात भइ घर फर्केका छन् । चकर घट्टि सुनसरि नेपाल स्थाइ घर भइ करिब छ बर्ष पहिले साउदी आएका राइ ‘अल लग्जरि डिजाइनिङ्ग एन्ड पेन्टिङ्ग कम्पनी’ श्रम बेच्दै थिए । साउदी अरबको पुर्वी प्रान्त स्थित कतिफमा रहेको कम्पनिले पछिल्लो पटक स्थाइ आवासीय परिचयपत्र (इकमा) नविकरण गर्न लाग्ने शुल्क राइबाट नै असुल गर्ने, अन्यथा नविकरण नगरिदिने बताए पछि उनि तनावमा परे । अन्ततः इकमाको समयावधि समाप्त भइसक्दा पनि नविकरण नगरिदिएपछि उनि दोस्रो रोजगारदाता कम्पनि ‘अल फातिमा कन्ट्राक्टिङ एन्ड डेकोरेसन कम्पनि” खोजि वैध कामदारको हैसियतमा इकमा स्थान्तरण गर्न पहिलो रोजगारदाता कम्पनिलाइ अनुरोध गरे तर कम्पनिले उनको अनुरोध अस्विकार गर्दै राहादानी समेत नदिने अड्डि कस्यो ।

अठार महिनासम्म राहादानि बिना अवैध कामदारकै रूपमा दोस्रो रोजगारदाता कम्पनिमा कार्यरत राइलाइ नियतिले समेत ठग्न पुग्यो । एक्कासि दायाँ हात-खुट्टा चलाउन नसक्ने अवस्थमा परे । साथिहरूको सहयोगमा हस्पिटल भर्ना भएका राइलाइ डक्टरले उच्च रक्तचापका कारण शरिरको आधा हिस्सा पक्षघात भएको र तुरून्तै आइ सि युमा राख्नु पर्ने सल्लाह दिए । लामो समय हस्पिटलमा भर्ना भइ उपचार गराउनु पर्ने भएपछि कतिफमा कृयाशिल एनआरएन कर्मिहरू बिरामि राइको नियमित सम्पकमा आए । गैर आवासीय नेपाली संघ कतिफ क्षेत्रका पन्जिकृत सदस्य नेत्र राई, स्थानिय समन्वय समितिका अध्यक्ष दुर्गा काउचा, क्षेत्रीय समन्वय समिति पुर्वि क्षेत्रका सदस्य चन्द्र बुढा मगर, एनसिसि साउदीका केन्द्रिय सदस्य तथा लेवर टास्कफोर्स समितिका सदस्य दिपक शाही उनको शेवा खटिए । साथै राहादानि समेत नभइ अवैध बनेका राइदलाइ उनिहरूले समन्वकारी भुमिका निभाउदै हवाइ टिकटको समेत व्यवस्था गरिदिए ।

एनआनए आइ सि सि सदस्य एवम् बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति मध्य पुर्व सह संयोजक राजेन्द्र (जोन) अर्याल, एन सि सि सदस्य एवम् लेबर टास्क फोर्स समिति सदस्य द्वय रोशन कुमार श्रेष्ठ र दिपक शाही , पुर्वि क्षेत्र समन्वय समितिका कार्यबाहक अध्यक्ष घनश्याम अर्याल, कोषाध्यक्ष चित्र कुमार राई , सदस्य चन्द्र बुढा मगर, एल सि सि दमाम सदस्य शंकर भट्टराईको प्रत्यक्ष संलग्नता तथा सहयोगमा बिरामी ज्योति राइ गत २५ जुलाइ राति हिमालयन एयरलाइन्सको उडान नम्वर ५६० बाट नेपाल फर्केका हुन् । असक्त राइलाइ व्हिल चेयर र यात्रा अवधिभर सहयोगीको बन्दोबस्त मिलाउन हिमालय एयरलाइन्सका कर्मचारी सुबास तिमिल्सिना र राज खनालले सहयोग गरेका थिए ।
समाचार श्रोतः दम्मामबाट घनश्याम अर्याल
July 28, 2018 2:59 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...