विमान चालक ‘पाईलट’ पनि मापसेमा परेपछि..!
खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।
फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे।
तर उनको हिँडाइ र बोलाइ लरबरिएको र असामान्य थियो।
आजकोनागरिक दैनिकमा यो खबर छ, विमानस्थलमा काम गर्ने फ्लाई दुबईका नेपाली ‘ग्राउन्ड स्टाफ’हरूले जहाजको कमान्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ ‘क्याप्टेनले मादक पदार्थ सेवन’ गरेको पत्तो पाइहाल्छन् र तुरुन्तै विमानस्थल व्यवस्थापनलाई खबर गरी ‘मापसे परीक्षण गर्नुपर्ने भन्दै निवेदन दिन्छन्।
त्यसपछि विमानस्थलका एक कर्मचारी फ्लाई दुबईका कर्मचारीको निवेदन लिएर विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीकहाँ पुग्छन्।
सबै कुरा बुझेपछि क्षेत्री उड्डयन सुरक्षा नियमअनुसार कारबाही अघि बढाउन निर्देशन दिन्छन्।
July 30, 2018 2:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण