साउदीको बाटोमा अलपत्र दुई जना कामदार सकुशल नेपाल फर्किए ।
तबुकबाट मनोज बरालका साथ तेज थापा-
साउदी अरब -काठमाडौंको गौशाला स्थिति केएसए ईन्टरनेस्नल ग्रुप प्रा. लि.( KSA international group) बाट एक वर्ष अघि साउदी अरबको ताबुकमा गाडी मेकानिक भिसामा आइ बिना तलब बाख्रा गोठ तथा आस्तारा 5 मजरामा काम गर्न बाध्य बनाइएका सबैला नगरपालिका वडा न. ६ रघुनाथपुर, धनुषाका मोहम्मद अब्दुल्ला र जनकपुर उप महानगरपालिका वडा न. १२ धनुषाका मोहम्मद अताउर रहमान लाइ गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक द्वारा उद्दार गरीएको छ ।
पीडितहरुले एनआरएनए साउदी अरबको एघारौं वार्षिकोत्सब तथा आरसिसी ताबुकको चौथो वार्षिकोत्सबको अवसरमा ताबुकमा संयुक्त रुपमा भएको समारोह अन्तर्गत श्रमिक समस्या छलफल तथा समिक्षा कार्यक्रममा आफ्नो पिडा पोखेका थिए।
बिगत १५ दिन अघि बाटोमा रात बिताउन बाध्य पिडितलाइ आरसिसी ताबुक सदस्य श्याम कुमार साफी तथा उपाध्यक्ष राम शरण खातीले गास तथा बासको ब्यवस्था गरेका थिए । एन सी सी साउदी उपाध्यक्ष भक्त हमालको विशेष पहलमा लेबर कोर्टमा सम्बन्धित कपिल सग मोहम्मद अताउरलाइ एक महिना पछि र मोहम्मद अब्दुल्लालाइ जुलाई ३० तारिक घर फिर्ता पठाउने सम्झौता भएको थियो । सो सम्झौता भए सगै एनआरएनए आरसिसि ताबुकले टिकट तथा बाटोखर्चको ब्यवस्था मिलाइ जुलाइ ३० तारिक साझ ६:४० को फ्लाइ दुबई बाट नेपाल पठाएको छ ।
निज पिडित मोहम्मद अब्दुल्लाले खुशी हुदै एनआरएनएले आफुलाइ ठुलो गुण लगाएको र एउटा नयाँ जिवन लिइ नेपाल फर्कदै गरेको कुरा बताए भने अर्का पिडित मोहम्मद अताउर रहमान पनि एनआरएनए ताबुकको प्रत्यक्ष निगरानी तथा फलोअपमा रहेका छन ।
July 31, 2018 3:35 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण