साउदीको बाटोमा अलपत्र दुई जना कामदार सकुशल नेपाल फर्किए ।
तबुकबाट मनोज बरालका साथ तेज थापा-
साउदी अरब -काठमाडौंको गौशाला स्थिति केएसए ईन्टरनेस्नल ग्रुप प्रा. लि.( KSA international group) बाट एक वर्ष अघि साउदी अरबको ताबुकमा गाडी मेकानिक भिसामा आइ बिना तलब बाख्रा गोठ तथा आस्तारा 5 मजरामा काम गर्न बाध्य बनाइएका सबैला नगरपालिका वडा न. ६ रघुनाथपुर, धनुषाका मोहम्मद अब्दुल्ला र जनकपुर उप महानगरपालिका वडा न. १२ धनुषाका मोहम्मद अताउर रहमान लाइ गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक द्वारा उद्दार गरीएको छ ।
पीडितहरुले एनआरएनए साउदी अरबको एघारौं वार्षिकोत्सब तथा आरसिसी ताबुकको चौथो वार्षिकोत्सबको अवसरमा ताबुकमा संयुक्त रुपमा भएको समारोह अन्तर्गत श्रमिक समस्या छलफल तथा समिक्षा कार्यक्रममा आफ्नो पिडा पोखेका थिए।
बिगत १५ दिन अघि बाटोमा रात बिताउन बाध्य पिडितलाइ आरसिसी ताबुक सदस्य श्याम कुमार साफी तथा उपाध्यक्ष राम शरण खातीले गास तथा बासको ब्यवस्था गरेका थिए । एन सी सी साउदी उपाध्यक्ष भक्त हमालको विशेष पहलमा लेबर कोर्टमा सम्बन्धित कपिल सग मोहम्मद अताउरलाइ एक महिना पछि र मोहम्मद अब्दुल्लालाइ जुलाई ३० तारिक घर फिर्ता पठाउने सम्झौता भएको थियो । सो सम्झौता भए सगै एनआरएनए आरसिसि ताबुकले टिकट तथा बाटोखर्चको ब्यवस्था मिलाइ जुलाइ ३० तारिक साझ ६:४० को फ्लाइ दुबई बाट नेपाल पठाएको छ ।
निज पिडित मोहम्मद अब्दुल्लाले खुशी हुदै एनआरएनएले आफुलाइ ठुलो गुण लगाएको र एउटा नयाँ जिवन लिइ नेपाल फर्कदै गरेको कुरा बताए भने अर्का पिडित मोहम्मद अताउर रहमान पनि एनआरएनए ताबुकको प्रत्यक्ष निगरानी तथा फलोअपमा रहेका छन ।
July 31, 2018 3:35 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ