Sunday 28th December 2025

नेवाः पुचः यूएई द्वारा खुल्ला भलिबल प्रतियोगिता गर्ने

7 years अगाडी

यूएई -नेवाः पुचः यूएईले आफ्नो स्थापनाकाल पछि खलकुदको क्षेत्रमा ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्ने कुरा नेपाल पत्रकार महासंघ​, यूएईका अध्यक्ष भूप राज बस्यालज्यू अरु पत्रकारहरुको उपस्थितिमा मिति २०१८ जुलाई २७ को दिन यूएईको वर दुब​ई स्थित एभरेष्ट मार्सल आर्टसको हलमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा पुचःका खेलकुद संयोजक श्री हिरालाल श्रेष्ठ ज्यूले यो भलिबल प्रतियोगिताको लक्ष यूएईस्थित नेपाली नेपाली बीचमा भाईचारा अनि भलिबलमा अन्तराष्ट्रिय​, राष्ट्रिय स्तरका खेलाडी, उदाएका नयाँ पिंढिका खेलाडीहरुलाई एक साथमा राखेर आफ्नो भलिबल अनुभवको साटासाट​, स्तरको उन्नतिको लागि अवसर दिने जानकारी दिनु भयो ।

उहाँले यो प्रतियोगिता २०१८ अगष्ट २३, ईस्लाम धर्मको महान चाड वकर ईद छुट्टिको दिन पारेर तय गरिएको भन्नु भयो । यसै क्रममा भलिबल प्रतियोगिता हुने स्थान जुबेल अलिको लेवर क्याम्पको नुजल भलिवल कोर्ट अन्तरराष्ट्रिय स्तरको रबर फ़्लोर राखिएको कोर्टमा ब्यवस्था मिलाएको जानकारी दिनु भयो । प्रतियोगितामा बढिमा १८ टिम रहने, प्रत्येक टिममा ९ खेलाडि र १ जना म्यानेजर रहने छ । खेलाडीको फोटो नाम सहित दर्ता गर्नु पर्ने प्रावधान रहेको अनि चलन चल्तिको दर्ता दस्तुर मात्र लिने भ​एपनि खेलाडिको टिमलाई दिउँसोको खानाको ब्यवस्था पुचःले गर्ने ब्यवस्था गर्नेछ । पुरुस्कारको हकमा भलिबलको यूएई ईतिहासमा नै धेरै धनराशी तय गरिएको छ । पहिलो र दोश्रो हुने टिमले ट्रफी मेडल एवम नगद, अनि सर्वोकृष्ट खेलाडीले प्रमाण पत्र पाउने छ । साथै रेफ्रि र अरु सहयोगीहरुलाई पनि प्रमाण पत्र दिने छ ।

खेलको गुणस्तरको हकमा, प्रतियोगिता अन्तराष्ट्रिय नियममा नै संचालन हुने अनि दर्तामा रहेका खेलाडी बाहेक अरुले खेल्न नपाउने कडाईका साथ पालना गर्ने छ ।

यस प्रतियोगिताको लागि ६० % – ७० % तयारी पूरा भ​एको र प्रथम पुरुस्कारको प्रायोजक “नेपाली चुलो” प्रमुख प्रायोजक रहने छ । बिभिन्न व्यबसायी, ब्यक्तित्वहरुले प्रायोजनमा सहयोग गर्नु भ​एको छ ।

यस प्रतियोगितामा प्राबिधिक सहयोग एभरेष्ट मार्शल आर्ट्सले गर्नेछ भने मिडिया को-अर्डिनेटर नेपाल पत्रकार महासंघ​, यूएईले रही बिभिन्न ३ यूएईको र ३ नेपालको मिडियाहरु मिडिया पार्टनर रहनेछ ।

यस पत्रकार सम्मेलनमा नेवाः पुचःका उपाध्यक्ष राजेश प्रधान​, भबिबल प्रतियोगिता उप​-संयोजक एवम सदस्य रवि शाही, सदस्य मनोज प्रसाद श्रेष्ठ को उपस्थिति रहेको थियो ।

          July 31, 2018 4:09 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...