Tuesday 23rd December 2025

९० मिलियन डलर सम्पत्तिकी मालिक्नी मारिया सारापोभा

7 years अगाडी

काठमाडौँ, १७ साउन । मारिया सन् १९८७ को १९ अप्रिलमा जन्मिएकी हुन् । मारिया सारापोभालाई स्भेन ग्रोइनेभेल्डले प्रशिक्षण दिएका हुन् । चार वर्षको उमेरबाटै टेनिस खेल्न थालेकी मारियाले ६ वर्षको हुँदा मस्को एक्जिभिसनमा सहभागिता जनाएकी थिइन् ।

तीन पटक ग्राण्ड स्ल्याम जितेकी मारिया सबैभन्दा धेरै रकम पाउने महिलको सुचीमा पर्छिन् । महिला एकलको च्याम्पियनतर्फ उनले सिल्भर पदक जितेकी थिइन् ।सेरेना विलियमसँग उनी पराजित भएकी थिइन् । तर सन् २०१२ उनले फ्रेन्च ओपन जित्दै दमदार खेल प्रदर्शन गरेकी थिइन् ।

सन् २००४ मा सेरेना विलियम्सलाई पराजित गर्दै विलेम्डन जितेकी थिइन् । त्यसपछि उनले यूएस र अस्ट्रेलियन ओपन जितेकी थिइन् । ग्राण्ड स्ल्याम जित्ने उनी १० औ महिला बन्न उनी सफल भइन् ।उनी ९० मिलियन अमेरिकी डलर सम्पत्तिकी मालिक्नी हुन् । उनी धनी टेनिस खेलाडीको सुचीमा ५ नम्बरमा रहेकी छिन् ।

          August 2, 2018 2:12 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...