Tuesday 23rd December 2025

नेदरल्याण्डमा सन्दीप चम्किँदा दिल्ली डेयरडेभिल्स प्रफुल्ल

7 years अगाडी

काठमाडौं, १९ साउन । नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखलामा नेदरल्याण्डमा इतिहास रचिराख्दा दिल्ली डेयरडेभिल्स पनि प्रफुल्ल देखियो । नेदरल्याण्डलाई बराबरी गर्न सफल भएको नेपालको लागि सन्दीप लामिछानेले ३ विकेट लिए, जसको बलमा नेपालले रोमाञ्चक जित निकाल्यो ।

इन्डियन प्रिमियर लिग(आईपीएल) मा सन्दीपले प्रतिनिधित्व गरेको टिम दिल्ली डेयरडेभिल्सले सन्दीपको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ । सन्दीपको बलिङ फिगरसहित ट्वीट गर्दै दिल्ली डेयरडेभिल्सले आफ्नो सहकर्मीको प्रशंसा गरेको हो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्न सफल भयो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभर बलिङ गर्दै ४१ रन दिएर ३ विकेट झारे ।

          August 4, 2018 11:00 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...