परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात समातिएपछि श्रीमतीले खाइदिइन् श्रीमानको लिंग
एजेन्सी। दक्षिण भारतमा एक महिलाले आफ्नै श्रीमानको लिङ्ग टोकेर चुडाइदिएको घट्ना अहिले भाइरल भइरहेको छ। यो घट्ना दक्षिण भारतको भिल्लोर जिल्लामा सोमबार राती घटेको हो। प्रहरीका अनुसार ४५ वर्षीया श्रीमती जयन्ती र उनका ५५ वर्षीय श्रीमान सेन्तामराइ गुडियाथाम नजिकै थुराईमोला गाउँमा रहेको मन्दिरमा लागेको मेलामा गएका थिए।
द टाइम्स अफ इण्डियामा उल्लेख भएअनुसार श्रीमती जयन्ती निन्द्राबाट ब्युझिएपछि विहान करिब १ः३० बजे फ्रेस हुन भन्दै श्रीमानलाई सोधेरे बाहिर निस्किइन्। तर बाहिर निस्किएको घण्टौ बितिस्किदा पनि जयन्ती फर्किनन्।
श्रीमती नआएपछि श्रीमान सेन्तामराइ उनलाई खोज्न गए। खोज्ने क्रममा सेन्तामराइ श्रीमती जयन्ती र उनका प्रेमी धटचनमोर्थी भन्ने व्यक्तिसँग आपत्तिजनक अवस्थामा भेटे।
त्यसपछि आपत्तिजनक अवस्थामा रहेका जयन्ती र धटचनमोर्थीलाई सेन्तामराइले समातेर तिमीहरुको यो अनैतिक सम्बन्धलाई सबैको अगाडि सार्वजनिक गरिदिन्छु भन्दै चेतावनी दिए।
श्रीमानले रङ्गेहात समातेपछि गाउँलेको कुटाई खाने डरले जयन्ती र उनका प्रेमी त्यहाँबाट भाग्न चाहन्थे। त्यही क्रममा तीन जनाबीच रस्साकसी पर्यो। सोही क्रममा सेन्तामराइको धोती फुस्कियो। त्यतिकैमा जयन्तीले उनको श्रीमान सेन्तामराइको लिङ्गमा टुक्रा हुने गरी टोकिदिइन्। लिङ्ग चुडिएपछि रगत बग्न थाल्यो र सेन्तामराइ छटपटाउन थाले।
त्यसपछि जयन्ती र उनका प्रेमी त्यहाँबाट भागे। पछि जयन्तीलाई प्रहरीले मोबाइल ट्रयाकको सहायताबाट पक्राउ गरे। जयन्तीले आफूले गरेको अपराध पनि स्वीकारेकी छिन्। घाईते सेन्तामराइको अहिले चेन्नाईस्थित राजिभ गान्धि अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सुध्रिदैं गएको बताइएको छ।
August 4, 2018 3:58 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ