Sunday 15th February 2026

एम.जि.एम मकाउका नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई १ लाख सहयोग।

8 years अगाडी

मकाउ  – बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल ब्लिडिङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति एम.जि.एम.नेपाली सेक्युरीटी परीवारले दु:ख ब्यक्त गर्दै मृतकका परीवारलाई केहि आर्थिक सहयोग गरौ भन्ने उदेश्य राख्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै एम.जि.एम मकाउमा कार्यरत रहेका ७२ जना नेपालीहरू बाट रकम संकलन गरेर मोप ७२२४ अर्थात नेरू.१ लाख ४५० रूपैया मृतक तिमल्सिनाको श्रीमति र छोरा छोरीलाई गैर आबासीय नेपाली संघ मकाउका प्रतिनिधि मार्फत हस्तान्तरण गरीएको छ।

बिगतका दिनहरू देखि नै एम.जि.एममा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ।डोल्मा शेर्पा देखि अम्बर बहादुर बम हुँदै पेटका ट्युमर भएकी सलिना खड्का साथै सेति बाढी पिडित,भूकम्प पीडित र मकाउमा मृत्यू भएका नेपालीहरूको परीबारलाई आर्थिक सहयोग गर्दै आएको छ।यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म भन्छन एम.जि.एममै कार्यरत शम्सेर थापा।मृतक तिमल्सिनाको अन्तिम श्रद्धाञ्जली सभामा समेत एम.जि.एम मकाउका सेक्युरीटी परीवारले पुष्प गुच्छाले मृतक तिमल्सिनालाई बिदाई गरेका थिए।

          August 5, 2018 12:53 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...