तर्क वितर्क आ-आफ्नै
साउदी अरब -साउदी अरबको दमाममा स्थापित अन्तरसंस्था समन्वय समितिको अगुवाइमा गत २७ जुलाईमा रियाद स्थित नेपाली दूतावासका महामहिम राजदूत डा. महेन्द्र सिंह राजपुत ज्यूलाई बुझाइएको निबेदनमा बिभिन्न संघसंस्थाको स्वच्छ सामाजिक गतिविधिमा प्रहार भएको ति संस्था सम्बद्ध पदाधिकारीहरूले बताएकाछन् ।नवलपरासी प्रवासी मञ्चका पुर्व अध्यक्ष एवम् ‘थानेश्वस भुषाल बचाउ’ अभियान कर्ता बिरेन्द्र चौधरिले आफ्नो फेस बुक स्टाटस मार्फत खेद प्रकट गर्दै खण्डन गरेका छन् । नवलपरासी प्रवासी मञ्चको तर्फबाट संकलित कुल २७ हजार ७ सय साउदि रियाल अर्थात नेपाली रूपैया ७ लाख ५२ हजार ८ सय बिस PNCC ले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिसकेको र गत ४ जनवरी २०१८ देखी थानेश्वर उद्दार अभियानको नाममा नवलपरासी प्रवासी मञ्च संग एक रूपैयाँ बचत नरहेको उल्लेख गर्दै “कथित अन्तरसंस्थाले नवलपरासी प्रवासी मञ्चको नाम जोडेर अझै संस्थासंग बचत रहेको रकम अन्य पीडितका निमित्त प्रयोगमा ल्याउनुपर्छ भनि तथ्यहिन, कपोलकल्पित एवं भ्रामक निबेदन दूतावासमा बुझाएकोप्रति पुन खेद ब्यक्त गर्दछौं”- स्टाटसमा भनिएको छ ।
त्यसैगरि गैर आवासीय नेपाली संघ साउदी अरबले पनि हिजो एक प्रेश बिज्ञप्ति जारि गरि भ्रमित आरोप भन्दै खण्डन गरेको छ । मानवीय सेवामा समर्पित सर्ब ब्यापी संस्थाहरुको क्रियाशिलतामा प्रश्न उठउदै धावा बोल्ने गरेको प्रती एन आर एन ए साउदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ, “आफुहरुले माखो मार्न नसक्ने र अरुले गरेको सामाजिक काम प्रति डाहा र ईर्ष्या पोख्दै आफ्नो स्वार्थ अनुकुल आफुहरुलाइ रकम उपलब्ध नगराएको झोकमा कपोल कल्पित तरिकाले मानविय सम्बेदनशिलता गुमाएर गरिएको उजुरी र दुस्साहस पुर्ण भ्रम सिर्जना गरेको दुश्प्रयासलाई एनआरएनए साउदी अरब घोर भत्सर्ना गर्दछ” बिज्ञप्तिमा भनिएको छ ।
संघले आफ्ना बिभिन्न कार्यक्रमका दौरान आय-व्ययको विरण, कोष अध्यावधिक सहित लेखापरिक्षण सहितको प्रतिबेदन पारदर्शिरूपमा सार्वजानिका गरिएको बताउदै “रामचन्द्र तिमिल्सिना” बचाउन अभियानका संकलित रकम साउदी रियाल ७०२७०/- नगद नेपाली राजदूतावास रियादमा हस्तान्तरणको लागि गएको र नियमानुसार दुतावासमा रकम जम्मा गर्न नमिल्ने भएपछि दूतावास मै बैठक बसि “आकस्मिक उद्दार कोष र निर्देशिका” तयार पारी रकम सुरक्षित राख्ने निश्कर्षमा पुगेको थियो भने पछि बिभिन्न बैठकहरूबाट निर्देशिका पारित सहित “आपत कालिन उद्धार कोष” स्थापना गरी पीडित श्रमीकको हितमा प्रयोग गर्दै आइरहेको छ । दोस्रो आममाफी दौरान सोही रकम बाट दमाम सिको गार्डेनको छेउमै श्रमिक सेल्ट नै स्थापना गरि सेवा दिइएको थियो, भने साउदी अरबका अन्य बिभिन्न क्षेत्रहरू जेद्धा, अलकासिम, रियाद तथा ताबुकमा समेत आम माफिका दौरान धेरै नेपालीहरूलाई सहयोग गरिएको थियो । त्यसैगरि पछिल्लो चरणमा उक्त कोषबाट थानेश्वर भुषालकै उद्दारका निमित्त २ लाख ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
त्यसैगरि तथ्यगत कुराहरूको सुक्ष्म अध्यन नगरी केही झुण्डहरूले अकारण दोषारोपण गरी पूर्बाग्रही ढंगले निबेदनमा नाम मुछी संस्थाको छवीमा धावा बोल्ने काम भएको छ । यस गम्भिर र काल्पनिक हर्कतप्रति पिएनसीसीका अध्यक्ष कुल प्रसाद कार्कीले निश्वार्थ र निश्पक्ष ढंगले संचालन गरीएको अभियानलाई ईर्ष्या गरेकोप्रति ध्यानाकृष्ट भएको फेसबुक स्टाटस लेखेका छन् । भने जेद्दामा थानेश्वर उद्दार अभियानका सचिब तथा पिएनसीसी समन्वयकर्ता अञ्जन पोखरेलले थानेश्व भुषाल बचाउ अभियानमा संकलिन सबै रकमको पुर्ण बिवरण सम्प्रेषण गर्दै “कुत्सित मानसिकताले ग्रसित कुनै गल्लीमा गुच्चा खेल्ने झुण्डहरूले निबेदन बुझाउन आए भन्दैमा नेपाली दूतावासले आफ्नो गरीमा र मर्यादालाई आंखा चिम्लिएर त्यस्ता कागजका खोस्टाहरू ग्रहण गर्न नहुने” बताउदै निबेदन प्रति भर्सना गरेका छन् ।
August 6, 2018 12:13 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)