अपराध अनुसन्धान बिभाग मकाउका प्रमुखद्धारा केसीलाई सम्मान
प्रजुन कुमार अधिकारी-
२३ साउन, मकाउ । मकाउको राष्ट्रिय अपराध अनुसन्धान विभागका प्रमुख Mr Sit Chong Meng ले राम बहादुर केसीलाई सम्मान गरेका छन् ।केसीले सोमबार राति डिउटी जाने क्रममा स्थानीय महिलालाई डाकाबाट बचाएको तथा अपराधमा संलग्नलाई पक्राउ गर्न मकाउ प्रहरीलाई सहयोग गरेको भन्दै उनलाई आज मकाउको राष्ट्रिय अपराध अनुसन्धान विभागबाट सम्मान गरिएको हो ।प्रमुखले सम्मानका क्रममा केसीले देखाएको बहादुरी प्रति खुसी व्यक्त गर्दै प्रहरीको ‘प्रहरी व्याटन’ दिएर सम्मान गरिएका थिए ।

सोमबार डिउटी जाँदै गरेका केसीले महिला चिच्याएको आवाज सुनेपछि त्यतातिर गएको र उनले डाकाको प्रतिकार गरेर महिलाको जिउ धन बचाउने मात्र काम गरेनन् आफूमाथि छुरा प्रहार भएर घाइते भएको अवस्थामा पनि उनले तत्कालै प्रहरीलाई खबर गरेपछि डाका पक्राउ सहयोग गरेका थिए ।
उनलाई हिजो मंगलरबार त्यहाँको प्रहरीले सम्मान गरेको थियो भने आज (बुधबार) Director of the Judiciary Police, Mr Sit Chong Meng ले सम्मान गरेका हुन् । उनी सम्मानित भएसँगै मकाउमा कार्यरत सेक्युरेटी क्षेत्रमा कार्यरत नेपालीका लागि गौरवको विषय भएको छ भने उनको बहादुरीले मकाउ सरकारले अझ बढी नेपालहरुलाई रोजगारी दिने सम्भावना बढेको मकाउ–नेपाल बडि विल्डिङ मकाउका सभापति बाबा भाइ (सृजन) ले संसारन्युजलाई बताए ।

केसीलाई छुरा प्रहार गरेका ती अभियुक्त चीनियाँ प्रहरीको मोष्ट वान्टेडमा रहेका थिए । मकाउको बिश्वबिद्यालय नजिकबाट रातको समयमा समुन्द्र पार गरि मकाउ प्रबेश गरेका अभियुक्त चीन प्रहरी, सामुन्द्रिक प्रहरी र मकाउ प्रहरीद्दारा खोजि गरिएका अपराधि रहेको बताइएको छ ।उक्त सम्मान कायक्रममा मकाउ राष्ट्रिय अपराध अनुसन्धान बिभाग प्रहरी प्रमुख ऊपप्रमुख तथा बिशिष्ट श्रेणीको ब्यक्तित्वहरूको ऊपस्थिति रहेको थियो ।
August 8, 2018 3:10 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)