Tuesday 23rd December 2025

बार्सिलोनाका यी दुई खेलाडीहरु पनि इभर्टनमा अनुबन्ध

7 years अगाडी

काठमाडौँ, २५ साउन । यारी मिना बेचेको बार्सिलोनाका अरु दुई खेलाडी पनि इभर्टनमा आवद्ध भएका छन् । अवसर पाएर पनि राम्रो प्रर्दशन गर्न नसकेका पोर्चुगिज खेलाडी आन्द्रे गोमेजलाई पनि बार्सिलोनाले एभर्टन पठाएको हो ।बार्सिलोनाले डिफेन्डरद्वय लुकास डिने तथा यारी मिनालाई बेचेको भए पनि गामेजलाई भने लोनमा पठाएको हो ।

लोनमा पठाएपछि बार्सिलोनाले एक वर्षको २.६ मिलियन यूरो पाउनेछन् ।एभर्टनका प्रशिक्षक मार्को सिल्भाले इंग्लिस क्लबको ट्रान्सफर विन्डो सकिनै लाग्दा गोमेजलाई सम्झाएर क्लबमा आउन भनेका हुन् । त्यससँगै गोमेजले एभर्टनको लागि बार्सिलोनामा नै मेडिकल गरेका थिए ।
गोमेजलाई वेष्ट ह्याम तथा भ्यालेन्सियाबाट पनि अफर आएको थियो ।

          August 10, 2018 10:33 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...