Tuesday 19th May 2026

कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन

8 years अगाडी

कुवेत – कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन भयको छ  । सर्लाही निवासी सुनुवार कुवेतको समय अनुसार आज दिउँसो १२:४० मा हृदयघातका कारण असामाहिक निधन भएको हो । 

लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा कामगर्दै आएका सुनुवारलाई बिहानै देखि अस्वस्थ महसुस गर्दै मेडिकल जान बाहिर निस्केको बेला उनको निवास नजिकै रोडमा लडिरहेको अवस्थामा कुवेत पुलिसले फेला पारी कुवेतको अदान हस्पिटल १२:०५ मा पुर्‍याए पनि १२:४० मा उनलाई डाक्टरले मृत घोषणा गरेको उनका नजिकको साथिले बताए  ।उनी सुनुवार सेवा समाज कुवेतका  अध्यक्ष  समेत रहेका थिए । पार्थिव शरिर अहिले अदान हस्पिटलमा नै राखिएको भए ता पनि आज केही बेरमा नै फर्वानिया रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ।

          August 10, 2018 9:12 pm | Uncategorized,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...