२४औं अन्तर्राष्ट्रिय आदिवासी दिवसमा नेवा: पुच: युएई प्रथम
8 years अगाडी
Nepal Drishti
युएई- २४औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको उपलक्ष्यमा नेफिन युएईद्वारा आयोजित कार्यक्रममा नेवा: पुच: युएई झाँकी प्रदर्शनीमा प्रथम भएको छ। उक्त कार्यक्रममा नेफिन युएई आवद्ध ११ संस्था को सहभागिता थियो। उक्त झाँकिको मुख्य आकर्षण लाखे, कुमारी, पुलुँ किसी, धिमे, खीँ, भुस्या, ता, छ्याल्मालाका साथै महिला सदस्यहरुको नेवारी पहिरन र पारम्परिक सामाग्रीहरु क्वत:, सिन्ह मू, ज्वलँन्ह्याकँ, अन्ति, पानस, सुकुन्दा आदि रहेको थियो। नेवारी बाजा तर्फ लक्ष्मण श्रेष्ठ, योहान श्रेष्ठ, शिव श्रेष्ठ, कुमार बलामी, राजेश प्रधानको प्रस्तुतिमा लाखे नाच श्री हिरालाल श्रेष्ठ, कुमारी श्री सायना श्रेष्ठ तथा पुलुँ किसी नाच श्री सुनिल मान श्रेष्ठ र श्री गोपाल महर्जनले प्रदर्शन गर्नु भएको थियो भने पुलुँ किसी तयारीको लागि श्री भुवन नकर्मी, श्रीमती अन्जना कर्माचार्य नकर्मी, श्री शैलेन्द्र रोय, श्रीमती अर्चना शिख्राकार रोय र श्री सुनिल मान श्रेष्ठ को मुख्य योगदान रहेको थियो। पुच:का तर्फबाट निश्मा श्रेष्ठले आकर्षक नेवारी नृत्य प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा पुच:का उपाध्यक्ष राजेश प्रधान नेफिन अन्तर्गत पत्रकार सँघ फोनिजको उपाध्यक्ष पदमा र पुच:का केन्द्रिय महिला प्रमुख कामना श्रेष्ठ कलाकार सँघको सह-कोषाध्यक्ष पद मा चयन हुनु भएको छ।उक्त कार्यक्रम मा नेफिन युएईले पुच:मा विशेष योगदानको लागि श्री मनोज प्रसाद श्रेष्ठ र श्री सुनिल मान श्रेष्ठलाई सम्मान तथा कदर पत्र प्रदान गरेको थियो।

बिभिन्न नेवारी खानाको परिकारहरु को ब्यवस्थापन यस पुच: का केन्दिय सदस्य एवम् एभरेष्ट मार्शल आर्टसका प्रमुख रबि शाही ज्यु ले गर्नु भएको थियो।

उक्त कार्यक्रममा स्टल सजावट तर्फ पुच:ले तृतीय स्थान प्राप्त गरेको थियो।
उक्त कार्यक्रमको सम्पुर्ण साँस्कृतिक संयोजन पुच:का महासचिव श्री कुमार बलामीज्युले गर्नु भएको थियो।
स्रोत: राजेश प्रधान/प्रमोद श्रेष्ठ
समाचार संप्रेषक
रबि शाही ।
August 12, 2018 12:13 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...