बृहत नेपाल सामाजिक संस्था बहराइन ले साङ्गीतीक साझ -२०१८ गर्दै
बहराइन -बृहत नेपाल सामाजिक संस्था बहराइन ले मुश्लिम धर्मावलम्बीहरु को दोस्रो ठूलो चाड “बकर इद ” को अवसर पारेर “साङ्गीतीक साझ -२०१८” को आयोजना गर्ने भएको छ ! आफ्नो स्थापना काल देखि नै पुर्ण रुपमा समाजसेवा लाइ मुख्य लक्ष्य बनाएर द्रुत गतिमा अघि बढिरहेको यस संस्था ले उक्त कार्यक्रम पनि समाजसेवा कै निम्ति गर्न लागिएको बताएको छ !
उक्त अवसरमा नेपाल आइडल -१ को उत्कृष्ट १० भित्र पर्न सफल कलाकार हरु केन्जल मेहर श्रेष्ठ र विल्सन श्रेष्ठ साथै लोक दोहोरी गायिका शिला गुरुङ को बिशेष उपस्थिति रहनेछ ! अगस्ट २२ तारिख बुधबार को दिन अर्थात बकर इद को दोस्रो दिन उक्त कार्यक्रम हुन लागेको हो ! उक्त कार्यक्रम बहराइन को राजधानी मानामा स्थित डेल्मन इन्टरनेशनल होटल को प्राङ्गणमा हुन लागेको आयोजक ले जनाएको छ ! साथै उक्त कार्यक्रम मा बहराइन मा रहनु भएका सम्पुर्ण गीत सङ्गीत प्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ बाक्लो उपस्थिति जनाइ कार्यक्रम लाई भब्य रुपमा सफल पारिदिनुहुन को लागि समेत आयोजक ले अनुरोध गरेको छ !
कार्यक्रम बारे थप जानकारी :-
स्थान :- डेल्मन इन्टरनेशन होटल , मानामा
समय :- साझ ६ बजेदेखी
मिति :- २२-अगस्ट -२०१८, बुधबार
August 15, 2018 5:28 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने