Saturday 27th December 2025

बृहत नेपाल सामाजिक संस्था बहराइन ले साङ्गीतीक साझ -२०१८ गर्दै

7 years अगाडी

बहराइन -बृहत नेपाल सामाजिक संस्था बहराइन ले मुश्लिम धर्मावलम्बीहरु को दोस्रो ठूलो चाड “बकर इद ” को अवसर पारेर “साङ्गीतीक साझ -२०१८” को आयोजना गर्ने भएको छ ! आफ्नो स्थापना काल देखि नै पुर्ण रुपमा समाजसेवा लाइ मुख्य लक्ष्य बनाएर द्रुत गतिमा अघि बढिरहेको यस संस्था ले उक्त कार्यक्रम पनि समाजसेवा कै निम्ति गर्न लागिएको बताएको छ !

उक्त अवसरमा नेपाल आइडल -१ को उत्कृष्ट १० भित्र पर्न सफल कलाकार हरु केन्जल मेहर श्रेष्ठ र विल्सन श्रेष्ठ साथै लोक दोहोरी गायिका शिला गुरुङ को बिशेष उपस्थिति रहनेछ ! अगस्ट २२ तारिख बुधबार को दिन अर्थात बकर इद को दोस्रो दिन उक्त कार्यक्रम हुन लागेको हो ! उक्त कार्यक्रम बहराइन को राजधानी मानामा स्थित डेल्मन इन्टरनेशनल होटल को प्राङ्गणमा हुन लागेको आयोजक ले जनाएको छ ! साथै उक्त कार्यक्रम मा बहराइन मा रहनु भएका सम्पुर्ण गीत सङ्गीत प्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ बाक्लो उपस्थिति जनाइ कार्यक्रम लाई भब्य रुपमा सफल पारिदिनुहुन को लागि समेत आयोजक ले अनुरोध गरेको छ !

कार्यक्रम बारे थप जानकारी :-

स्थान :- डेल्मन इन्टरनेशन होटल , मानामा

समय :- साझ ६ बजेदेखी

मिति :- २२-अगस्ट -२०१८, बुधबार

          August 15, 2018 5:28 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...