हिन्दू राज्यको पक्षमा इसाई अगुवा
इसाई समुदायका एक अगुवा एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायाले सबै धर्मको रक्षाको निम्ति नेपाल हिन्दू राज्य हुनु पर्ने धारणा व्यक्त गरेका छन्।
बीबीसीको साप्ताहिक नेपाल सन्दर्भमा बोल्दै उनले धर्मनिरपेक्ष नेपालीको एजेन्डा नभएको बताए।
मुलुकी ऐन विस्थापित गर्न जारी गरिएका कानुनले धर्म परिवर्तनको नियतले गरिने प्रचारलाई दण्डनीय ठान्ने जस्ता प्रवधानबारे कुरा गर्ने क्रममा उनले त्यस्तो मत राखेका हुन्।
धर्मनिरपेक्ष राष्ट्रमा त्यस्ता कानुन बन्नुलाई उनी स्वाभाविक ठान्छन्।
विगतमा आफूले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर गल्ती गरेको उनको स्वीकारोक्ति छ।
तीन वर्षयता अध्ययन गर्दा ‘धर्म निरपेक्षता र गणतन्त्र’ नेपाल र नेपालीको एजेन्डा नभएको निचोडमा पुगेको उनले सुनाए।
उनी भन्छन्, “राष्ट्रिय एकता र अखण्डताको निम्ति कुनै न कुनै रूपमा राजतन्त्र र सबै धर्मको रक्षा एवम् समाजलाई सही बाटोमा हिँडाउन नेपालको सन्दर्भमा हिन्दू राज्य पुनर्स्थापना डजरुरी छ।”
बाह्य शक्तिको स्वार्थमा ती निर्णय भएको निर्क्योल गर्दै उनले पुनर्विचार नगरिए सबै धर्मको विनाश हुने र राष्ट्रिय अस्तित्व नै खतरामा पर्ने विश्लेषण गरेका छन्।बीबीसी
August 16, 2018 4:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने