Saturday 27th December 2025

एनआरएनए आरसिसि अल कासिमको तेस्रो अधिबेशन २०१८ हुने

7 years अगाडी

१९ अगस्ट, २०१८
अल कासिमबाट रम्जान दिन मियाका साथ तेज थापा,

साउदी अरब – गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमको क्षेत्रिय अधिबेशन यहि आउदो २४ अगस्ट २०१८ शुक्रबारका दिन तय भएको छ । एनसिसि साउदी अरब मातहातमा रहेको क्षेत्रिय समन्वय समिति अलकासिमको यो तेस्रो अधिबेशन हो । साउदी अरबको अलकासिम स्थित बुरैदा ईस्लामिक सेन्टर हलमा आयोजना हुने अधिबेशन तयारी अन्तिम चरणमा पुगेको बर्तमान क्षेत्रिय का.बा. अध्यक्ष मनिष कोइरालाले जानकारी दिएका छन् ।

कासिम क्षेत्र वरपर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हक-हित, पिडित उद्धार, श्रमिक समस्या समाधान तथा समाजिक सेवामा लामो समयदेखि सहयोग र समन्वयकारी भुमिका निभाउदै आइरहेको क्षेत्रिय समिति अलकासमिको दुइ बर्षे २०१६-२०१८ कार्यकाल सकिनै लाग्दा अधिबेशन मार्फत नयाँ कार्य समिति चुनिने ।

कार्यक्रममा नेपाली राजदुतावास रियाद परिवार, एनआरएनए कर्मीहरू, बिभिन्न संघ-संस्थाका प्रतिनिध लगायत नेपाली दाजुभाइहरुको उल्लेख्य उपस्थिती रहने अनुमान गरिएको क्षेत्रिय सचिव रम्जान दिन मियाले बताए ।

          August 19, 2018 8:49 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...