बलत्कार पश्चात हत्या गरीएको निर्मलाको परीवारलाई पश्चिमेली समाज मकाउद्वारा आर्थिक सहयोग।
कर्ण अधिकारी-
मकाउ – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलत्कार पश्चात हत्या गरीएको खबरले सारा नेपाली जनता मर्माहित भएका छन।रहर लाग्दो कलिलो उमेरमा यौन पिपासुहरूले उनको ईहलिला नै समाप्त गरी दिए।यस घटना प्रति खेद प्रकट गर्दै बलत्कार गर्नेलाई चाडै नै कानुनी दायरामा ल्याएर सरकारले कडा भन्दा कडा सजाय दिलाई पीडित परीवार र मृत आत्मालाई न्याय दियोस भन्दै पश्चिमेली समाज मकाउले मृत आत्माको चीर शान्तिको कामना गर्दै मृतकका परीवारलाई नेपाली रूपैया २२ हजार सहयोग गरेको छ ।

उक्त रकम पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्तले आफ्ना कार्य समितिका सदस्यहरूबाट संकलन गरी बेदकोट नगर प्रमुख अशोक कुमार चन्दको हातबाट उहाँको परीवारलाई हस्तान्तरण गरीएको छ।पश्चिमेली समाज मकाउले बिगतका दिनहरू देखि नै सामाजिक कार्यमा यसरी नै सहयोग र सदभाव राख्दै आएको छ।आउँदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने कुराको प्रतिबद्धता जाहेर गर्छन समाजका अध्यक्ष पदम पन्त।पन्त महेन्द्र नगर निवासी हुन।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने