बलत्कार पश्चात हत्या गरीएको निर्मलाको परीवारलाई पश्चिमेली समाज मकाउद्वारा आर्थिक सहयोग।
कर्ण अधिकारी-
मकाउ – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलत्कार पश्चात हत्या गरीएको खबरले सारा नेपाली जनता मर्माहित भएका छन।रहर लाग्दो कलिलो उमेरमा यौन पिपासुहरूले उनको ईहलिला नै समाप्त गरी दिए।यस घटना प्रति खेद प्रकट गर्दै बलत्कार गर्नेलाई चाडै नै कानुनी दायरामा ल्याएर सरकारले कडा भन्दा कडा सजाय दिलाई पीडित परीवार र मृत आत्मालाई न्याय दियोस भन्दै पश्चिमेली समाज मकाउले मृत आत्माको चीर शान्तिको कामना गर्दै मृतकका परीवारलाई नेपाली रूपैया २२ हजार सहयोग गरेको छ ।

उक्त रकम पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्तले आफ्ना कार्य समितिका सदस्यहरूबाट संकलन गरी बेदकोट नगर प्रमुख अशोक कुमार चन्दको हातबाट उहाँको परीवारलाई हस्तान्तरण गरीएको छ।पश्चिमेली समाज मकाउले बिगतका दिनहरू देखि नै सामाजिक कार्यमा यसरी नै सहयोग र सदभाव राख्दै आएको छ।आउँदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने कुराको प्रतिबद्धता जाहेर गर्छन समाजका अध्यक्ष पदम पन्त।पन्त महेन्द्र नगर निवासी हुन।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।