साउदी अरबको जिजानमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न ।
तेज थापा-
साउदि अरब -नेपाली श्रमिकहरु बीच पारस्परीक भेट, समन्वय तथा भाइचारा स्थापित गर्ने उदेश्यका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान साउदी अरबले मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।केसिसि कम्पाउन्ड, बेस जिजानमा हिजो सम्पन्न प्रतियोगिता गत २३ अगस्ट, २०१८ बिहिवार देखि प्रारम्भ भएको हो ।
इस्लामिक धर्मावलम्विहरुको महान चाड इद अल अदाको उपलक्षमा आयोजना गरिएको मैत्रीपूर्ण खुल्ला भलिवल प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।
निकै प्रतिस्पर्धात्मक र रोचक अन्तिम खेलमा बिपक्षी टिमलाई पराजित गर्दै आयोजक टिम एनआरएनएले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने दोस्रो र तेस्रो स्थान क्रमशः लांगाली रेड (अबाहा) र के सी सी ग्रुप ए ले हात पारेका छन् ।
प्रथम, द्वितीय र तृतीय स्थान जमाउन सफल टिमहरुलाइ कप, मेडल, ट्रफी र नगद रासि पुरुस्कार प्रदान गर्दै क्षेत्रीय समन्वय समिति जिजान तथा खेलकुद समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बिजयि टिमलाई बधाई दिदै सहभागी सबै टिमलाई संस्थाको तर्फ़बाट धन्यबाद प्रकट गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा श्रेष्ठ कै अध्यक्षतामा गठन भएको खेल संयोजक समितिले खेल भब्य र सभ्यरुपमा सम्पन्न भएको निश्कर्ष सहित प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने समितिका सबैलाई आभार प्रकट गरेको थियो ।
समितिमा अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अलावा, पिताम्बर आले मगर उपाध्यक्ष, रंबिन्द्र तामाङ्ग कोषाध्यक्ष, बाशु सिटौला सह-सचिव, लिला बा. बुढाथोकी कार्यकारि सदस्य, प्रकाश बि. क. सदस्य, लाल बाहादुर मगर सल्लाहाकार, दिलिप श्रेष्ठ सल्लाहाकार रहेका छन् ।
कार्यक्रम सफल बनाउन बिशेष सहयोग पुर्याउने के सी सी क्याम्पका म्यानेजर चक्र श्रेष्ठ, इन्जिनियर यज्ञ मगर र खडानन्द डागीलाई सम्मान सहित मेडल, कप र प्रमाणपत्रले सम्मान गरिएको बताउदै अध्यक्ष कृष्ण श्रेष्ठले के सी सी क्याम्पमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा स्वयंसेवकहरुको सहयोग, साथ र समर्थनमा प्रतियोगिता सार्थक भएको जनाए ।
मिडिया पार्टनर समेत रहेको डि सी नेपाल गल्फले कार्यक्रम को प्रत्यक्ष प्रसारण गरेको थियोे भने जिजान वरपर रहेका करिव ५०० हाराहारीमा खेलप्रेमी दाजुभाइहरुले प्रतियोगिताको भरपूर्ण मनोरञ्जन लिएको प्रत्येक्षदर्शिले बताए ।
August 25, 2018 6:08 pm | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)