एसिया कप छनोट क्रिकेट : युएईद्वारा नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, १४ भदौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा युएईले नेपालसामु २५५ रनको लक्ष्य पेश गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५४ रन जोड्न सफल भएको हो ।युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६५ रनको योगदान दिए । यस्तै अदनान मुफ्तीले नटआउट ५७ रन बनाए भने असफक अहमेदले ४५, रामिज साहजादले ३५ रन बनाए ।
नेपालका लागि युवा लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले २४ रन मात्रै खर्चिए । यस्तै सोमपाल कामी र वसन्त रेग्मीले समान दुई दुई विकेट लिए । आजको खेलमा करण केसी महंगा सावित भए । ८ ओभर बलिङ गरेका करणले ६१ रन खर्चिए ।नेपाल र युएई एक दिवसीय मान्यता प्राप्त देश हुन् । एशिया कप छनौटमा नेपाल हिजो पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित भएको थियो । त्यसकारण पनि नेपाल आजको खेल जित्नैपर्ने दवाबमा छ ।
August 30, 2018 12:16 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)