ईराकबाट ऊद्दार गरिएकी शान्ता राईलाई कुवेतबाट आर्थिक सहयोग
कुवेत – ईराकबाट केही महिना अगाडी साहुको निर्घात कुटपीटबाट सख्त घाईते अवस्थामा नेपाल पुगी उपचार खर्च अभाव भई दयनिय अवस्थामा रहेकी टेम्के मैयुङ गाउँपालिका ८, गोगने भोजपुरकी शान्ता राईलाई कुवेतबाट १ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ ।
उनलाई “प्रेम बहादुर बचाउँ अभियान” उप-समिति कुवेतबाट उक्त आर्थिक सहयोग उपलब्ध भएको हो । प्रेम बचाउँ अभियान मूल समितिमा आवश्यक रकम पुरा भएको जानकारी प्राप्त भएपछी उप-समिति कुवेतले प्रेम बचाउँ अभियान मूल समितिमा १ हजार ७ सय ९२ केडी १०० फिल्स (६ लाख ३० हजार पाँच सय पच्चीस रुपैयाँ), पीडित ईराक पीडित शान्ता राईलाई ४ सय ३८ केडी ६ सय फिल्स (१ लाख ५५ हजार रुपैयाँ) र दुबै मृगौला पीडित संखुवासभाकी सबिना सुनार सहयोग अभियानलाई ५१ केडी (१८ हजार रुपैयाँ) सहयोग सहयोग गर्ने निर्णय गरेको समिति कुवेतका संयोजक तथा कुवेतमा नव गठित प्रवासी ईलामेली सेवा समाजका अध्यक्ष चक्र कुलुङ राईले जानकारी गराउनु भयो ।

पीडित शान्ता राईलाई धरान १७, मंगलबारेमा आफन्तको डेरामा शरण लिई वसिरहनु भएकी शान्ता राई कै घरमा पुगी अभियान्ता पार्वती राईले आज हस्तान्तरण गर्नु भएको हो ।
यस अघि भोजपुर सेवा समाज कुवेतले पठाएको ५१ केडी (१८ हजार रुपैयाँ) पनि केही दिनमै हस्तान्तरण गरिने समाजसेवी बसन्त राईले जानकारी गराउनु भएको छ ।
आर्थिक सहयोगको बिवरण:
प्रेम बचाउ उप-समिति कुवेतबाट – ३६१.५ केडी
नेपाल आदिवासी जनजाती महासंघ कुवेत – ५१ केडी
प्रवासी ईलामेली सेवा समाज, कुवेत – २० केडी
चक्र कुलुङ राई -६ केडी
जम्मा – ४३८.५ केडी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)