कुवेतमा भिषा सम्बन्धित नया नियम !
7 years अगाडी
Nepal Drishti
एजेन्सी– कुवेतले जनसंख्याको असन्तुलन घटाउन र रोजगार क्षेत्रलाई सुधार गर्न नयाँ नियम ल्याउने भएको छ । कुवेतले अब ६० वर्ष माथीका आप्रवासी कामदार भर्ना नगर्ने भएको छ । सम्झौता भैसकेकाहरु पनि अधिकतम ६५ वर्ष सम्मकालाई बस्ने अनुमती दिइने छ ।कुवेतमा स्थानीयको जनसंख्या जम्मा ३० प्रतिशत मात्रै छ । केहि पदका लागि भने निश्चित मात्रामा उच्च दक्ष कामदार भर्ना गर्न यो नियमले नरोक्ने पनि जनाइएको छ।
यो नियमले कर्मचारीको गुणस्तर बढाउन रोजगारीलाई व्यवसस्थित गर्न र ६० वर्षमाथीका कर्मचारी घटाउन सहयोग पुग्ने कुवेतको विश्वास छ ।
यो नियमको व्यवसायीहरुले भने विरोध गर्ने संभावना रहेको छ । उनीहरुले यसअघि पनि यस्ता नियम नस्वीकारेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यो नियमले अनुभवी जनशक्तिलाई निराश पार्ने उनीहरुको टिप्पणी छ ।
August 30, 2018 5:14 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...