एसिया कपमा छनोट हुने नेपालको सम्भावना कति?
‘भारत र पाकिस्तानसँग खेल्ने सुनौलो मौका फेरि फेरि आउँदैँन्, विगतमा पनि जसरी भएपनि नतिजा आफ्नो पक्षमा पार्दै आएका छौं। यसपटक पनि मौका खेर जान दिनेछैंनौं।’कप्तान पारस खड्काले एसिया कप छनोट खेल्न जानुअघि सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिएका थिए। मार्चमा ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त गर्न होस या फ्रेब्रुअरीमा भएको डिभिजन दुईबाट एकदिवसीय छनोटमा स्थान बनाउन होस, पारसले भने जस्तै विगतमा नेपालले जसरी पनि नतिजा आफ्नो पक्षमा पारेका थिए।
नामिबियामा भएको डिभिजन दुईमा क्यानडाविरुद्धको खेलमा अन्तिम विकेटका लागि करण केसी र सन्दीप लामिछानेले जादुयी रुपमा गरेको ५१ रनको साझेदारी पश्चात नेपालले एक दिवसीयको अन्तराष्ट्रिय उपलब्धि हासिल गरेको थियो। त्यसपछि नेदरल्याण्ड्सविरुद्ध यसै अगष्ट सुरुवातमा उसैको मैदानमा नेपालले सुरुवाती दुई खेल खेल्यो। पहिलो खेलमा नतिजा घरेलु टोलीको पक्षमा रहेपनि दोस्रो खेलको अन्तिम बलमा कप्तान पारस खड्काले नै नेपाललाई १ रनको रोमाञ्चक जित दिलाए।
यही आत्मविश्वासका साथ चार हप्तापछि एसिया कप छनोट खेल्दा भारत र पाकिस्तानसँग खेल्ने सुनौलो मौका छोप्न पारसले जसो तसो नतिजा आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरेका थिए। तर, सुरुवाती दुई खेल नै नेपालले गुमाउनु परेपछि नेपाल एसिया कपमा छनोट हुने भन्दा पनि नहुने संघारमा छ। एशिया कपको छनौटमा नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएइ), हङकङ, सिंगापुर र ओमान रहेका छन्। खेलको शीर्ष स्थानमा रहेमा भदौ अन्त्यमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूह ए मा परिनेछ।
बिहीबारसम्म सबै देशहरुले सुरुवाती दुई खेल खेलिसक्दा नेपाल अन्तिमबाट दोस्रोमा छ। यूएई सुरुवाती दुई खेल जित्दै चार अंका साथ बलियो रनरेटमा शीर्षमा छ। त्यसपछि ओमान, हङकङ, आयोजक मलेसियापछि मात्रै नेपालको पालो आउँछ। ओमानविरुद्धको पहिलो खेलमा तीनवटै डिपार्टमेन्टमा नेपालले कमजोरी देखाएको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले स्वीकारेका थिए। ओमानविरुद्धको खेलसकेपछि कुरा गर्दै मुख्य प्रशिक्षक टमटाले भनेका थिए, ‘ब्याटिंङमा ३०–४० रन कम भयो। बलिङ अनुशासनमा रहेन र फिल्डिङमा पनि हामीले पाएका मौका सदूपयोग गर्न सकेनौं।’
नेपालको परम्परागत समस्या रहेको ब्याटिंगले क्षमता अनुसारको प्रदर्शन पनि गर्न नसक्दा २२१ रनमै समेटिएको थियो। उक्त दिन टस हार्नु पनि नेपाल हारको एक कारण बन्यो। पीच ओसिलो भएका कारण पनि नेपाललाई पहिलो इनिङमा स्कोर गर्न समस्या देखिएको थियो। कप्तान पारस खड्काले डिसिनेपालसँगको कुराकानीका क्रममा भनेका थिए, ‘पहिलो इनिङमा पीच ड्याप थियो। हामीलाई ब्याटिङ गर्न समस्या थियो। तर, दोस्रो इनिङमा पीचले राम्रो व्यवहार देखायो। हामीले बलिङ राम्रो गर्न सकेनौं।’परम्परागत रुपमा बलियो मानिएको नेपालको बलिङ त्यसदिन ‘फेल’ भयो। कप्तान पारस खड्काले एक विकेट लिनुबाहेक बाँकी कुनैपनि नेपाली बलरले विकेट लिन सकेनन्। ओमानका बाँकी दुई विकेट रनआउटका रुपमा पाइएको थियो।
यता, त्यसदिन विकेटकिपर सुवास खकुरेलले पनि स्टप पछाडीका क्याचहरु छोडे। भनिन्छ, क्याच छुट्यो भने म्याच छुट्छ। त्यसदिन त्यस्तै भयो। दोस्रो खेलमा यूएईविरुद्ध नेपालको बलिङ केही लयमा देखिएपनि ब्याट्सम्यानहरुको प्रदर्शन भने झनै खस्कियो। सुवास खकुरेल(५०) र दीपेन्द्रसिंह ऐरी(४०) बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो। कप्तान पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन, आरिफ सेख, रोहित पौडेल जस्ता मुख्य खेलाडी नै सस्तैमा पवेलियन फर्किए।
एसिया कपमा छनोट हुने सम्भावना : अब नेपालले शनिबार मलेसियासँग तेस्रो खेल खेल्दैछ। त्यसपछि सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ।एसिया कपमा छनोट हुन सुरुमा नेपालले आफ्ना तीनवटै खेलमा जित हानु पर्नेछ। त्यसमा पनि फराकिलो अन्तरको जितले नेपाललाई अझै केही सहज पार्नेछ। तर, आफ्नो जितले मात्रै पुग्दैन्। अर्को टोलीको हारको पनि नेपालले प्रार्थना गर्नेछ। यस्तोमा यूएई र ओमानले कम्तिमा बाँकी तीनमध्ये दुई खेलमा पराजित हुनुपर्नेछ। साथै हङकङ र मलेसियाले पनि बाँकी तीन खेलमा जित हात पार्नु भएन्।
यतिले मात्रै पुग्दैन्। नेपालले तीन खेलमा लगातार जित हात परेमा र आफूअनुकुलको माथिलो वाक्यांशले भनेजस्तै नतिजा आएपनि छिनोफानो रनरेटका आधारमा हुनेछ। रेनरेटमा पनि नेपाल बाँकीलाई उछिन्न सक्यो भने पारसले भनेझै नेपालले भारत र पाकिस्तानसँग खेल्ने सुनौलो अवसर पाउनेछ।
August 31, 2018 11:14 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)