यतीको जहाज धावनमार्गमा चिप्लिँदा पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते
8 years अगाडी
Nepal Drishti
नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको छ। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।
कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले बताए। अहिले काठमाडौं विमानस्थलको धावनमार्ग राति ८:३५ देखि ४५ मिनेटका लागि बन्द गरिएको छ।
नेपाल एयरलाइन्सका ग्राहण्ड हेन्डेलिङ कर्मचारीलगायतले जहाज तानेर पार्किङमा ल्याउने कोसिस गरिरहेका छन्।
हङकङ र बैंगलोरबाट आएका नेपाल वायु सेवा निगमका दुई जहाजरमलेसियाबाट आएको मालिन्दो एयरको जहाजसिमरामाथिको आकाशमा होल्डमा छन्।
September 1, 2018 10:03 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...