Saturday 27th December 2025

यतीको जहाज धावनमार्गमा चिप्लिँदा पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते

7 years अगाडी

नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको छ। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।

कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले बताए। अहिले काठमाडौं विमानस्थलको धावनमार्ग राति ८:३५ देखि ४५ मिनेटका लागि बन्द गरिएको छ।

नेपाल एयरलाइन्सका ग्राहण्ड हेन्डेलिङ कर्मचारीलगायतले जहाज तानेर पार्किङमा ल्याउने कोसिस गरिरहेका छन्।

हङकङ र बैंगलोरबाट आएका नेपाल वायु सेवा निगमका दुई जहाजरमलेसियाबाट आएको मालिन्दो एयरको जहाजसिमरामाथिको आकाशमा होल्डमा छन्।

 

 

 

 

 

 

          September 1, 2018 10:03 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...