कुवेतमा नेपालीको बैंक खाताबाटै पैसा चोरी
माधब शाही –
कुवेत – कुवेतमा काम गर्ने एक नेपालीको बैंक खाताबाट पैसा चोरी भएको छ । पीडितले कुवेती दिनार २१३ ( नेपाली करीब ८० हजार ) बैंक खाताबाट चोरी भयको भनी कुवेत स्थित माबुल्ला प्रहरी चौकीमा उजुर गरेको छन् ।
कुवेतको स्थानीय अनलाईन समाचार आइमान माटका अनुसार ३१ बर्षिय नेपाली युवालाई कुवेतकै नाम चलेको बैंकको लोगो भयको भाईबर नम्बरबाट बिस हजार अमेरीकन डलरको चिट्ठा जित्नु भयो भनी अपरिचित व्यक्तिले सबै बैंक खाताको विवरण सहित एटीएम कार्डको पिन कोड नम्बर लियको थियो ।
अरबका देश लगायत अन्य देश हरुमा पनि बिभिन्न किसिमका प्रलोभन देखाई बैंक खाताको विवरण र एटिएम तथा भिसा कार्डको पिन नम्बर मागी गैरकानूनी तरिकाले चोरी गरी पैसा झिक्ने गिरोह सक्रिय रहेको पछिल्लो घटनाले देखाएको छ ।
कसरी अपनाउने सावधानी ?
१) भाईबर तथा अपरिचित व्यक्ति बाट आएको फोनमा आफ्नो प्रयोग गर्दै आएको बैंक खाताको बिवरण एटिएमको पिन नम्बर तथा कार्ड नम्बर नबताउने ।
२ ) अपरिचित व्यक्ति बाट आएको इमेल अथवा इन्टरनेटमा आफ्नो बैंक खाता बिवरण एटिएमको पिन नम्बर तथा कार्ड नम्बर शेर नगर्ने ।
३ ) अपरिचित नम्बरबाट आएको एसएमएस बाट आफ्नो बैंक सम्बन्धित कुनै कुरा पनी शेर नगर्ने ।
४)समय समयमा आफुले प्रयोग गरेको एटिएमको पिन नम्बर परिवर्तन गरिरहने ।
५)एसएमएस अर्लट राख्दा प्रभावकारी हुने साथै हरायमा तत्काल सम्बन्धित बैंक र प्रहरीलाई जानकारी गराउने ।
६)पिन नम्बर तथा एटिएम कार्डको सुरक्षामा सजक रहने, विश्वासमा अन्य कसैलाई नदिने ।
यस्तो एसएमएस देखी साबधान !


September 3, 2018 7:54 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।