कुवेतमा नेपालीको बैंक खाताबाटै पैसा चोरी
माधब शाही –
कुवेत – कुवेतमा काम गर्ने एक नेपालीको बैंक खाताबाट पैसा चोरी भएको छ । पीडितले कुवेती दिनार २१३ ( नेपाली करीब ८० हजार ) बैंक खाताबाट चोरी भयको भनी कुवेत स्थित माबुल्ला प्रहरी चौकीमा उजुर गरेको छन् ।
कुवेतको स्थानीय अनलाईन समाचार आइमान माटका अनुसार ३१ बर्षिय नेपाली युवालाई कुवेतकै नाम चलेको बैंकको लोगो भयको भाईबर नम्बरबाट बिस हजार अमेरीकन डलरको चिट्ठा जित्नु भयो भनी अपरिचित व्यक्तिले सबै बैंक खाताको विवरण सहित एटीएम कार्डको पिन कोड नम्बर लियको थियो ।
अरबका देश लगायत अन्य देश हरुमा पनि बिभिन्न किसिमका प्रलोभन देखाई बैंक खाताको विवरण र एटिएम तथा भिसा कार्डको पिन नम्बर मागी गैरकानूनी तरिकाले चोरी गरी पैसा झिक्ने गिरोह सक्रिय रहेको पछिल्लो घटनाले देखाएको छ ।
कसरी अपनाउने सावधानी ?
१) भाईबर तथा अपरिचित व्यक्ति बाट आएको फोनमा आफ्नो प्रयोग गर्दै आएको बैंक खाताको बिवरण एटिएमको पिन नम्बर तथा कार्ड नम्बर नबताउने ।
२ ) अपरिचित व्यक्ति बाट आएको इमेल अथवा इन्टरनेटमा आफ्नो बैंक खाता बिवरण एटिएमको पिन नम्बर तथा कार्ड नम्बर शेर नगर्ने ।
३ ) अपरिचित नम्बरबाट आएको एसएमएस बाट आफ्नो बैंक सम्बन्धित कुनै कुरा पनी शेर नगर्ने ।
४)समय समयमा आफुले प्रयोग गरेको एटिएमको पिन नम्बर परिवर्तन गरिरहने ।
५)एसएमएस अर्लट राख्दा प्रभावकारी हुने साथै हरायमा तत्काल सम्बन्धित बैंक र प्रहरीलाई जानकारी गराउने ।
६)पिन नम्बर तथा एटिएम कार्डको सुरक्षामा सजक रहने, विश्वासमा अन्य कसैलाई नदिने ।
यस्तो एसएमएस देखी साबधान !


September 3, 2018 7:54 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)