प्रधानमन्त्री ओलीको राजिनामा
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सरकारका मन्त्रीहरुले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।
‘हाम्रो संविधानले पासपोर्ट बनाएपछि निर्वाध रुपमा विदेश जान पाउने अधिकार ग्यारेन्टी गरेको छ, तर एक युवा (लेलिन विष्ट)लाई सरकारबाट अनुमति नलिएको भनेर एयरपोर्टमा रोकियो’, खल्तीबाट पासपोर्ट निकालेर देखाउँदै सिंहले भने, ‘यो संविधानको ठाडो उल्लंघन हो। यो सरकारले राजीनामा गर्नुपर्छ। प्रधानमन्त्रीले राजीनामा माग्छु।’

उनले संविधानभन्दा माथि कोही नभएको भन्दै संविधान उल्लंघन गर्नेलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे। सरकार दिनदिनै समृद्धिको सपना बाँडिरहेको भन्दै न सुशासन छ न समृद्धि छ भन्दै आलोचना गरे।
बर्दियामा मन्त्रीलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको भन्दै उनले स्वतन्त्र न्यायिक छानविनको माग गरे।
राजपाका लक्ष्मणलाल कर्णले पनि संसदीय छानविन समितिको माग गरे। यो घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने उनको माग छ।
तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद । https://nepaldrishti.com
September 5, 2018 5:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)