टिप्पर आतंक अझै नियन्त्रण भएन, पुर्व पश्चिम राजमार्गमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु
8 years अगाडी
Nepal Drishti
बुधबार बिहान १० बजे पूर्वपश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ९ धारापानीमा पश्चिमबाट पूर्व जाँदै गरेको स५प ६९४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनास्थलमै मृत्यु हुनेमा त्रीयुगा नगरपालिका ४ असारी, राई टोल उदयपुर निवासी २५ बर्षिय बिकास राई र २३ बर्षिय सचिन राई रहेको खुलेको छ। उनिहरु एकै घरमा दुई दाजुभाइ हुन।
घटनालाइ उद्ढृढ गर्दै ढल्केबारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार केशबहादुर रावतले टिप्परले मोटरसाइकललाइ ओभरटेक गर्दै गर्दा सो घटना घटि दुई जनाको मृत्यु भएको बताए।
इलाका प्रहरी कार्यलय ढल्केबरले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही अगाडि बढाएको प्रहरिले जनाएको छ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...