ब्राजिलको स्थायी कप्तानी घोषित भए नेयमार
रियो (एजेन्सी), २३ भदौ । रुस विश्वकपमा दर्शक चिढाउने अभियनका कारण चर्चामा रहेका पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमारको काँधमा नयाँ जिम्मेवारी आएको छ । उनी ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान घोषित भएका छन् ।प्रशिक्षक टिटेले बिहीबार औपचारिक घोषणा गर्दै नेयमारलाई कप्तानको जिम्मेवारी सुम्पिए । सिनियर खेलाडीलाई पालैपालो कप्तान बनाउने रणनीतिमा परिवर्तन गर्दै टिटोले यस्तो निर्णय गरेका हुन् । विश्वकपदौरान ब्राजिलका लागि थियागो सिल्भा, मिरान्डा र मार्सेलोले पनि कप्तानको भूमिका निर्वाह गर्ने अवसर पाएका थिए ।
प्रशिक्षण टिटेको निर्णयसँगै शुक्रबार संयुक्त राज्य अमेरिकाविरुद्ध हुने खेल भने २६ वर्षीय नेयमार कप्तानीमा हुने पक्का भएको छ ।नयाँ जिम्मेवारी पछि नेयमारले भने, ‘मैले प्रशिक्षकले कप्तान बन्न गरेको प्रस्तावलाई सहर्ष स्वीकार गरें । कप्तान बनेपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ र अझै सिक्ने विश्वास लिएको छु ।’ उनले जिम्मेवारी थपिँदा आफ्नो खेलमा पनि सुधार आउने अपेक्षा गरेका छन् ।नेयमार अगाडि थप्छन्, ‘टोलीमा मेरो भूमिका अझै धेरै भएको महसुस भएको छ । जे-जस्तो भएपनि राम्रो फुटबल खेल्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’
कप्तानी सम्हालेपछि विश्वकप खेलको समीक्षा गर्दै उनले ब्राजिलले सोचेभन्दा धेरै अगाडि विश्वकपबाट बाहिरिनुपरेकोमा समर्थकसँग माफी मागे । उनी भन्छन्, ‘म समर्थकहरुसँग माफी माग्न चाहन्छु । हामीलाई विश्वास थियो कि हामीले नै उपाधि जित्छौं, तर त्यसमा हामी सफल हुन सकेनौं ।’ ब्राजिलले शुक्रबार हुने खेलमा संयुक्त राज्य अमेरिकासँग र एल साल्भाडोरसँग भिड्ने छ ।
September 8, 2018 12:48 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)