Saturday 27th December 2025

काठमाडौंको ठमेलमा भीषण आगलागी, १० करोडभन्दा बढी क्षति

7 years अगाडी

राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा मंगलबार बिहान भीषण आगलागी भएको छ।

ठमेलकाे ज्याठास्थित अक्सिजन ग्यास सिलिण्डर स्टोरमा बिहान करिब ४ बजे आगलागी हुँदा १० करोड रुपैयाँभन्दा माथि क्षति भएको प्रहरीले अनुमान गरेको छ।

स्थानीय सुनिलमान स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत् सर्ट भई आगालगी सुरु भएको प्रहरी वृत्त दरबार मार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए।

प्रारम्भिक अनुमानअनुसार १० करोड रुपैयाँभन्दा माथिकै धनमाल नष्ट भएको उनले बताए। ‘अहिले हामी आगलागी भएको स्थानमा सामान संकलन गरिरहेका छौं,’ उनले नेपालखबरसँग भने, ‘क्षतिको एकिन विवरण आउन बाँकी छ।’ उक्त आगलागीबाट अन्य दुई घरमा पनि क्षति पुगेको उनले बताए।

स्थापितको घरबाट पौने ४ बजे सुरु भएको आगलागी बेलैमा नियन्त्रण गरिएकाले ठूलो क्षति हुनबाट जोगिएको डिएसपी मल्लले बताए। महानगरपालिकाको दमकल, नेपाली सेना र प्रहरीको प्रयासमा बिहान पौने ५ बजे आगो नियन्त्रणमा लिइएको उनले बताए।

ग्यासको सिलिण्डर पड्कन थालेकाले जानेबित्तिकै आगो नियन्त्रणमा खटिन सकेनौं,’ डिएसपी मल्लले भने, ‘जे होस्, बेलैमा आगलागी नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुन पाएन।’

          September 11, 2018 11:13 am | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...