काठमाडौंको ठमेलमा भीषण आगलागी, १० करोडभन्दा बढी क्षति
राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा मंगलबार बिहान भीषण आगलागी भएको छ।
ठमेलकाे ज्याठास्थित अक्सिजन ग्यास सिलिण्डर स्टोरमा बिहान करिब ४ बजे आगलागी हुँदा १० करोड रुपैयाँभन्दा माथि क्षति भएको प्रहरीले अनुमान गरेको छ।
स्थानीय सुनिलमान स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत् सर्ट भई आगालगी सुरु भएको प्रहरी वृत्त दरबार मार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए।
प्रारम्भिक अनुमानअनुसार १० करोड रुपैयाँभन्दा माथिकै धनमाल नष्ट भएको उनले बताए। ‘अहिले हामी आगलागी भएको स्थानमा सामान संकलन गरिरहेका छौं,’ उनले नेपालखबरसँग भने, ‘क्षतिको एकिन विवरण आउन बाँकी छ।’ उक्त आगलागीबाट अन्य दुई घरमा पनि क्षति पुगेको उनले बताए।
स्थापितको घरबाट पौने ४ बजे सुरु भएको आगलागी बेलैमा नियन्त्रण गरिएकाले ठूलो क्षति हुनबाट जोगिएको डिएसपी मल्लले बताए। महानगरपालिकाको दमकल, नेपाली सेना र प्रहरीको प्रयासमा बिहान पौने ५ बजे आगो नियन्त्रणमा लिइएको उनले बताए।





ग्यासको सिलिण्डर पड्कन थालेकाले जानेबित्तिकै आगो नियन्त्रणमा खटिन सकेनौं,’ डिएसपी मल्लले भने, ‘जे होस्, बेलैमा आगलागी नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुन पाएन।’
September 11, 2018 11:13 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)