खुल्यो विराटनगर जुटमिल्स, व्यावसायिक उत्पादन सुरु
दैनिक ६ टन व्यवसायिक उत्पादन
विराटनगर : मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले व्यवसायिक उत्पादन थालेको हो । जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले यो मिल्सबाट दैनिक ६ टन उत्पादन सुरु भएको छ ।
मिल्स सञ्चालक समितिका अध्यक्ष बसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । ‘अहिले दैनिक छ टन उत्पादन गर्ने र मागअनुसार त्यसलाई बढाएर पूर्ण क्षमतामा दैनिक २० टन पुर्याइने छ’, उनले भने ।
वनले मिल्समा जीर्ण मेसिन मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापकीय काम सकेपछि मिल्स पुनः सञ्चालन गरिएको बताए । भारतको कलकत्ताबाट ल्याइएका जुट विशेषज्ञको टोली उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको छ ।
पहिलो चरणमा मिलबाट जुटको सुत्ली र भारतीय बजारको मागअनुसार बोरा उत्पादन थाल्ने व्यवस्थापनले तयारी गरेको छ । ‘भारतबाट आएका प्राविधिकसहितको परामर्शदाताले समेत उत्पादन व्यवस्थापनमा सहयोग गरेकोले थप सहज भएको छ’, अध्यक्ष वन भन्छन्, ‘हाललाई उत्पादनको परिमाण हेरेर कामदार मगाइएको र बढ्दै जाँदा संख्या थप गरिने छ ।’
अध्यक्ष वनले मिल्स सञ्चालनमा आएपछि पहिले यससँग जोडिएका धेरै कामदारले रोजगारीसमेत पाउने बताएका छन् । मिल्सले कामदारको सूची बनाइसकेकाले सञ्चालन क्षमता बढ्दै जाँदा उनीहरुलाई रोजगारी दिँदै जाने योजना बनाएको छ ।
११ केभीएको विद्युत लाइन काटिएपछि समस्या भएकोमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा जडान भएको छ ।
मिल्सले मासिक ५ लाख रुपैयाँ भुक्तानी गर्ने सर्त राखेकोमा त्यसलाई प्राधिकरणले नमानेपछि नयाँ सम्झौता भएको बताइएको छ । मिल्सलाई २४ घण्टा नै पर्याप्त विद्युत उपलब्ध हुने गरी ३३ केभिए प्रशारण लाइन जोडिदिन सरकारसँग समेत माग गर्दै आएका छ । अध्यक्ष वनले भने, ‘दीगो व्यवस्थापन गर्दै अब मागअनुसार उत्पादन गर्ने योजनासाथ अघि बढेका छौं ।’
नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतका सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ मिल्सको स्थापना गरेका थिए । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो भने मजदुर आन्दोलन पनि ।
विराटनगर जुटमिल्स क्षेत्रलाई संग्रहालयको रुपमा विकास गर्न सरकारले तयारी गर्ने यसअघि मिल्सको निरीक्षणमा आएको उद्योग मन्त्री मातृका यादवले जानकारी गराएका थिए । मुलुककै पहिलो उद्योग सञ्चालन गर्न व्यवस्थापनले कुनै कसर बाँकी नराख्ने अध्यक्ष बसन्त वन बताउँछन् ।
September 11, 2018 7:33 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)