Wednesday 11th March 2026

अनुसन्धानको घेरामा परेका रुसी मिडफिल्डर डेनिस चेरीशेभले उन्मुक्ति पाए

7 years अगाडी

काठमाडौँ, २९ भदौ । प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) को उल्लङ्घन गरेपछि अनुसन्धानको घेरामा परेका रुसी मिडफिल्डर डेनिस चेरीशेभले उन्मुक्ति पाएका छन् ।रसिया विश्वकपमा आयोजक राष्ट्रका खेलाडी डेनिस चेरिसेभले खेलका दौरान प्रतिबन्धित शक्तिवर्धक लागूऔषधि प्रयोग गरेको भन्नेबारेमा अनुसन्धान सुरु भएको थियो ।

स्पेनिस क्लब भिलारियलबाट व्यवसायीक फुटबल खेल्दै आएको (हाल भ्यालेन्सियामा लोनमा रहेका) चेरिसेभले शक्तिवर्धक औषधी प्रगोग गरेको भन्दै स्पेनको एन्टिडोपिङ एजेन्सीले बुधबारबाट अनुसन्धान अघि बढाएको थियो ।हर्मोन वृद्धिको लागि उपचार गराएपछि स्पेनिस क्लब भ्यालेन्सियाका मिडफिल्डर चेरीशेभ अनुसन्धानको घेरामा परेका थिए ।

चेरिसेभका आफ्नै बुबाले छोराले सिरिन्जको प्रयोग गर्ने गरेको बताएपछि स्पेनको खेलाडीको स्वास्थ्यको बारेमा हेर्ने निकाय एईपीएसएडीले अनुसन्धान अघि बढिसकेको बताएका थिए । उक्त संस्थाले रसियाको एन्टिडोपिङ एजेन्सीसँग पनि सहकार्य गरिरहेको बताएको थिए ।तर, स्पेनिस एन्टी डोपिङ एजेन्सीले गरेको अनुसन्धानमा चेरीशेभले गलत कार्य नगरेको पुष्टि भएको छ । स्पेनिस एन्टी डोपिङले उनले अनैतिक कार्य नगरेको र अनुसन्धान सकिएको जनाएको छ ।

          September 14, 2018 11:06 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...