ठूला दलका नेताले बुझाएनन् सम्पत्ति विवरण
7 years अगाडी
Nepal Drishti
काठमाडौं – राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण सार्वजनिक गरे पनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेर गरिरहेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चलअचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयलयसमक्ष पेस गर्नुपर्नेछ ।
September 15, 2018 2:49 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...