प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा
काठमाडौं – अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ ।
सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन् । कार्यतालिकाअनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै कारणले हुन नसकेका कामको विषयमा जानकारी लिनेछन् ।
मन्त्रालयहरूले हरेक महिना ७ गतेभित्र कार्ययोजनाअनुसारको प्रगति विवरण बुझाएलगत्तै तीन श्रेणीमध्ये एउटामा सूचीकृत हुनेछ । सफ्टवेयरले नै मूल्यांकन गरेर सूचीकृत गर्नेछ । प्रतिबद्धताअनुसार ८० प्रतिशतभन्दा माथि काम गर्ने मन्त्री अति राम्रो अर्थात् ग्रीन जोनुभित्र पर्नेछन् । ५० देखि ८० प्रतिशत काम गर्ने औसत अर्थात् एल्लो जोनुभित्र पर्नेछन् । ५० प्रतिशतभन्दा कम निराशाजनक काम गर्ने मन्त्री रेड जोन भित्र पर्नेछन् ।
September 15, 2018 2:51 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने