Friday 26th December 2025

‘निर्मलाका निम्ति न्याय’- काठमाडौंमा विशाल प्रदर्शन

7 years अगाडी

काठमाडौं, ३० भदौ । बलात्कारपछि निर्मम हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायको माग गर्दै आज (शनिबार) काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । काठमाडौंमा मात्र नभएर निर्मलाको न्यायको लागि देशभरका विभिन्न १९ स्थानमा जनभेला भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनको ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको छ ।

यस विशाल प्रदर्शनमा स्वस्फुर्त रुपमा हजारौ जनाले सहभागी जनाएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्डसहितको विशाल प्रदर्शन गरिएको छ ।

त्यसोत, गत शुक्रबार नेकपाका भातृ संगठन अनेरास्ववियुको सरस्वती क्याम्पस कमिटीले ठमेल-लैनचौर क्षेत्रमा जुलुस निकालेको थियो।

सैयौं युवा विद्यार्थी सहभागी भएको सो जुलुसलाई नेकपा केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए ।

नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नु दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका लागि लज्जाको बिषय भएको बताएकी थिइन् ।

          September 15, 2018 3:02 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...