सामान मन नपरे फिर्ता,रिचार्जरले ल्यायो नयाँ योजना
काठमाडौं, ३१ भदौ । नजिकिदैँ गरेको चाडपर्वलाई लक्षित गर्दे मोबाइल एप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता’ योजना ल्याएको छ । जस अन्तर्गत रिचार्जर एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफूसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ ।ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरे पछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्न सक्ने छन् । ‘रिचार्जरबाट सामान अर्डर गरे पछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु पर्दैन,’ रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।
पछिल्लो समय अनलाइन तथा विभिन्न एपबाट सामान किन्ने ग्राहकहरुले कतिपय अवस्थामा आफुले अर्डर गरे अनुसारको समान पाउन सकिरहेका छैनन् भने पाएको सामान पनि अनलाइनमा देखाइए अनुसारको नहुने समस्या छ । यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना सुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठको भनाई छ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
रिचार्जरबाट ग्राहकले सामान अर्डर गर्ने र सामान पाएपछि नगद तथा कार्ड स्वाप गरेर रकम भुक्तानी गर्न सक्छन् । रिचार्जरका प्रबन्धक श्रेष्ठका अनुसार सामान डेलिभरीका क्रममा कार्डबाट रकम भुक्तानी गर्ने सेवाका लागि पोर्टेबल पस मेसिनको प्रयोग हुनेछ । यसरी सामान हातमा परे पछि मन परेको खण्डमा मात्र नगद वा कार्डबाट रकम भुक्तानी गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । यसरी रकम भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने रिचार्जरले प्रष्ट पारेको छ ।
साथै रिचार्जर एपको माध्यमबाट दशँैका बेला हवाई जहाजको टिकट काट्दा ५० प्रतिशत क्यास व्याक पनि पाइने जनाइएको छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।
त्यस्तै मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा डेढ दर्जन बैंकको इ बैंकिंगका साथै इसेवा जस्ता पेमेण्ट गेटवे र मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।त्यस्तै होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट लगायत सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिने कम्पनीले जनाएको छ ।
September 16, 2018 2:04 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता