कुवेतमा अलपत्र परेका ३ जना नेपालीको लास लुम्बिनी समाज नेपाल कुवेतले नेपाल पठायो
कुवेत – कुवेतमा अलपत्र परेका ३ जना नेपालीको लास लुम्बिनी समाज नेपाल कुवेतले नेपाल पठायो । कुवेतमा विभिन्न कारणले बिगत २ हप्ता देखी नेपाल पठाउन नसकियको ३ जना नेपाली दाजु भाईको शव कुवेतका सामाजिक अभियन्ता तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको अग्रसरतामा नेपाल पठाईएको हो । २ दिन अगाडी २ शव र आज १ शव गरी ३ वटै शव नेपाल पठाएको सामाजिक अभियन्ता रुपेन हमालले बताए ।
कुवेतमा २ हप्ता पहिले नुवाकोट ककनी -७ चतुरालीका सुशील आचार्य ,दरबार गाउपालीका वार्ड न. २ घर भै हाल रुपन्देही बकुलघाट बसोबास गर्दै आयका हुम बहादुर रासकोटी ,मरिण गाउपालीका वार्ड न. ४ कुण्डुले सिन्धुली घर भयका राम बहादुर स्याङ्ताङको मृत्यु भएको थियो । उक्त मृत्यु हुनेहरु कुवेतमा अबैधानिक रुपमा काम गर्दै आएका थिए । नेपालमा शव पठाउनको लागी एक शवको ३५० केडी अर्थात नेपाली एक लाख पच्चीस हजार लाग्ने र उनी हरुको जिम्मेवारी लिने कुनै व्यक्ति नहुँदा मिर्तकको शव नेपाल पठाउन समस्या आएको थियो ।
नेपाली राजदुतावास कुवेत लाई उक्त व्यक्तिहरुको शवलाई नेपाल पठाउन समस्या आए पश्चात लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालले जिम्मेवारी लिएका थिए । हमालले पहिले त मृतकको घर ठेगाना पत्ता लगाउनमा दुताबस लाई सहयोग गरे पछि मृतकका घर परिवारको आग्रह धेरै आय पश्चात् नेपाली दुताबास कुवेत संग सहकार्य गर्दै आफ्नो अभियान शुरु गरेका थिए । उक्त अभियानमा लुम्बिनी समाज लगायत कुवेतका सदस्य लगाएत कुवेतका कृयाशिल संघसँस्थाका साथै ब्यक्ती विशेष ले पनि सहयोग गरेका थिए । एक हप्ताको छोटो अवधीमा पनि १०५० केडी संकलन गर्न सफल भयकोमा हमालले सहयोगी दाताहरू लाई धन्यवादका साथ आभार प्रकट गरेका छन् ।
June 13, 2018 6:18 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण