Wednesday 11th March 2026

‘रोनाल्डोबिनाको रियल उच्च फर्ममा’

7 years अगाडी

काठमाडौँ, ५ असोज । पोर्चुगत तथा रियल मड्रिडका पूर्व खेलाडी लुईस फिगोले क्रिस्टियानो रोनाल्डोबिना पनि रियल मड्रिड उच्च लयमा रहेको बताएका छन् ।उनले भनेका छन् ‘रोनाल्डो राम्रा खेलाडी थिए, उनले रियल छोडे पनि रियल अगाडि बढ्छ नै । अझै नयाँ खेलाडीले इतिहास रच्छ ।’

‘मड्रिडले रोनाल्डो समयपछि पनि अत्यान्तै राम्रो खेलिरहेको छ । त्यसैले यो टिमलाई धन्यवाद् दिनुपर्छ ।’
च्याम्पियन्स लिगको बारेमा कुरा गर्दै उनले थपे ‘रियल मड्रि डिफेन्डिङ च्याम्पियन हो । जारी सिजनमा उनीहरुको प्रमुख उदेश्य भनेको प्राप्त उपलब्धिको रक्षा गर्नु हो । त्यसैले अर्को सुखद् सिजनको खोजीमा रियल रहेको छ ।’

त्यस्तै क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाविरुद्ध पाएको रेड कार्डको बारेमा पनि उनले प्रतिक्रिया दिएका छन् । उनले भने ‘रोनाल्डोलाई दिइएको रेड कार्डको बारेमा धेरै बढाई–चढाई भएको छ । पछि केही नगर्दा पनि रोनाल्डोले रेड कार्ड पाएका रहेछन् भन्ने कुरा खुल्छ । मलाई थाहा छैन रेफ्रीले के देखेर यो निर्णय लिए । टेलिभिजनमै हेरेर विश्लेषण गर्न गाह्रो छ ।’

          September 21, 2018 2:25 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...