एशिया कप क्रिकेट अन्तर्गत सुपर फोरका खेलमा भारत र पाकिस्तान विजयी
काठमाडाैं, ६ भदाै । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा भारतले जित निकालेको छ । शुक्रबार भएको सुपर चारको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशले दिएको १ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ३६ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । रोहितले पाँच चौका र तीन छक्कासहित अविजित ३ रनको अर्धशतकीय पारी खेले ।
यस्तै शिखर धवन ४० रन जोड्दा महेन्द्र सिंह धोनीले ३३ रनको योगदान दिए । बंगलादेशका शकिब अल हसन, माश्रफ मोर्टाजा र रुबेल हुसेनले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा अलआउट हुँदै १ सय ७३ रन जोडेको थियो बंगलादेशका लागि हसन मिराजले ४२ रन जोड्दा माश्रफ मोर्टाजाले २६ रन बनाए । यस्तै मदुमुल्लाहले २५ रन बनाउदा मुस्फिकर रहिमले २१ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्न भारतका रबिन्द्र जडेजाले ४ विकेट लिए ।
यस्तै भुवनेश्वर कुमार र जस्प्रित बुम्राहले समान ३/३ विकेट लिए । हिजै भएको अर्को खेलमा पाकिस्तान बिजयी भएको छ । पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको हो । शेख जायद स्टेडियममा अफगानिस्तानले दिएको २ सय ५ रनको लक्ष्य पाकिस्तानले ४९ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा ईमाम उल हकले ८० रनको योगदान दिदा बाबर अजमले ६६ रनको योगदान दिए । यस्तै सोयब मल्लिकले अविजित ५१ रन जोडे ।
अफगानिस्तानका राशिद खानले ३ तथा मुजिब उर रहमानले २ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो ।अफगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले अविजित ९७ रन बनाए । त्यस्तै कप्तान अस्घर अफ्गानको नाममा ६७ रन रह्यो । पाकिस्तानका मोहमद नवाजले ३ विकेट लिए । अब पाकिस्तानले दोस्रो खेलमा भोली भारतसँग खेल्नेछ । यस्तै अफगानिस्तानले बंगलादेशको सामना गर्नेछ ।
September 22, 2018 11:55 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी