म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, टोटनहमको कठिन जित
7 years अगाडी
Susma Dhakal
एजेन्सी, ७ असोज । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्सह्याम्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।म्यानुको घरेलु मैदानमा भएको खेलमा अग्रता पनि म्यानुले नै लिएको थियो ।खेलको १८ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा वुल्भ्सले सानदार खेल खेल्यो । खेलको ५३ औं मिनेटमा वुल्भ्सका जोओ मौटिंहोले बराबरी गोल फर्काए ।
म्यानुले खेलमा फर्कन धेरै नै प्रयास गरेको थियो । तर, गोल गर्न भने सकेन ।
यो बराबरीसंगै युनाइटेडले ६ खेलबाट १० अंक जोडेको छ । दुई खेल पराजित भएको म्यानुले यस सिजन कठिन यात्रा गर्नुपर्ने अनुमान गरिएको छ ।
त्यस्तै गएराति नै भएको खेलमा टोटनहमले बाइटन एण्ड होभ हेल्भियनलाई २-१ गोलले पराजित गरेको छ । टोटनहमका लागि ह्यारी केन र इरिक लामेलाले एकएक गोल गरेका थिए भने ब्राइटनका लागि एन्थोनीले गोल गरे ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...