दशैँका लागि नयाँ नोट सर्वसाधारणले असोज २१ गतेदेखि पाउने
काठमाडौँ, नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंको लागि असोज २१ गतेदेखि सर्वसाधारणको लागि नोट उपलब्ध गराउने भएको छ । राष्ट्र बैकले यस वर्ष सर्वसाधारणको लागि गतवर्षभन्दा १ अर्ब बढी रुपैयाँ निष्काशन गर्न लागेको हो । गत वर्ष राष्ट्र बैकले १२ अर्ब निष्काशन गरेको थियो भने यस वर्ष १३ अर्ब निष्काशन गर्ने जनाएको छ ।
यस वर्ष ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
सर्वसाधारणले नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौँ विभिन्न ठाउँका झण्डै १६ शाखामार्फत् नयाँ नोट सटही गर्न सक्नेछन् । सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वित्तरण गरिने राष्ट्र बैंकले जनाएको छ ।बैंकले असोज १२ गते नै नयाँ नोट पाए पनि सर्वसाधारणले भने असोज २१ सम्म कुर्नु पर्नेछ । उपत्यका बाहिर भने प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी छ ।
September 25, 2018 2:41 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा