१ अर्ब लगानीको लक्ष्य पुर्याउने घोषणा गर्दै अझासको दोस्रो सम्मेलन कोरियामा सम्पन्न
दक्षिण कोरिया | दोहा सम्मेलनको ५० करोडको उत्पादनशील क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्ब पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’ को दोस्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ।
सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारिक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहररूको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानी गर्ने लक्ष्य लिएको सम्मेलन संयोजक केपी सिटौलाले जानकारी दिए।

गैर आवासीय झापालीहरूले स्थापना गरेको उक्त संस्थाले देशको आर्थिक विकासमा एउटै जिल्लाबाट पनि कामको थालनी गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न यस्तो योजना ल्याएको सिटौलाले बताए।
सम्मेलनले ७ बुँदे घोषापत्र जारी गर्दै जिल्लाको समृद्धिमा हातेमालो गर्ने निर्णय गरेको छ। घोषण पत्रमा समाजको तेस्रो सम्मेलन युरोपमा आयोजना गर्ने, समृद्ध झापा, समृद्ध प्रदेश नं १ तथा समृद्ध नेपाल निर्माणको लागि अघि बढ्ने जनाएको छ।

एनआरएनए लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय संघसंस्थासँग आवश्यकता अनुसार सहकार्य गर्ने, झापा जिल्लामा हाललाइ ५ वटा शव—वाहन र एम्बुलेन्स सञ्चालन गर्ने, झापा जिल्लाका अधिकतम सामुदायिक विद्यालयको स्तरोन्नति गर्नमा समयानुकुल नमूना कार्यक्रम सञ्चालन गर्ने उद्धेश्य राखेको छ।
साथै, झापाको विकासका निम्ति आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारका निकायहरूसंग सहकार्य गर्ने जनाइएको छ।

५० करोड़को कोषलाई वृद्धि गरी १ अर्ब पुर्याउँदै आवश्यक संरचना निर्माण गरी यथाशिघ्र कार्यान्वयनमा लैजाने बताइएको छ। कोषका लागि झापा जिल्लाबाट मुलुक बाहिर रहेका नेपालीबाट कोष बढाउँदै जाने बताइएको छ।
सम्मेलनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री तथा झपा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देन, कलाकारहरु प्रमोद खरेल, राजा राजेन्द्र, राजेश घतानी लगायत कोरिया आएका थिए।

समाजका शाखाहरु हाल सम्म विश्वका २४ देशमा विस्तार भइसकेको छ। आगामी सम्मेलन सम्म शाखाहरु बढाएर ४० पुर्याउने लक्ष्य राखिएको संयोजक सिटौलाले बताए।

हाम्रो दमक
September 29, 2018 2:36 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।