१ अर्ब लगानीको लक्ष्य पुर्याउने घोषणा गर्दै अझासको दोस्रो सम्मेलन कोरियामा सम्पन्न
दक्षिण कोरिया | दोहा सम्मेलनको ५० करोडको उत्पादनशील क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्ब पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’ को दोस्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ।
सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारिक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहररूको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानी गर्ने लक्ष्य लिएको सम्मेलन संयोजक केपी सिटौलाले जानकारी दिए।

गैर आवासीय झापालीहरूले स्थापना गरेको उक्त संस्थाले देशको आर्थिक विकासमा एउटै जिल्लाबाट पनि कामको थालनी गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न यस्तो योजना ल्याएको सिटौलाले बताए।
सम्मेलनले ७ बुँदे घोषापत्र जारी गर्दै जिल्लाको समृद्धिमा हातेमालो गर्ने निर्णय गरेको छ। घोषण पत्रमा समाजको तेस्रो सम्मेलन युरोपमा आयोजना गर्ने, समृद्ध झापा, समृद्ध प्रदेश नं १ तथा समृद्ध नेपाल निर्माणको लागि अघि बढ्ने जनाएको छ।

एनआरएनए लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय संघसंस्थासँग आवश्यकता अनुसार सहकार्य गर्ने, झापा जिल्लामा हाललाइ ५ वटा शव—वाहन र एम्बुलेन्स सञ्चालन गर्ने, झापा जिल्लाका अधिकतम सामुदायिक विद्यालयको स्तरोन्नति गर्नमा समयानुकुल नमूना कार्यक्रम सञ्चालन गर्ने उद्धेश्य राखेको छ।
साथै, झापाको विकासका निम्ति आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारका निकायहरूसंग सहकार्य गर्ने जनाइएको छ।

५० करोड़को कोषलाई वृद्धि गरी १ अर्ब पुर्याउँदै आवश्यक संरचना निर्माण गरी यथाशिघ्र कार्यान्वयनमा लैजाने बताइएको छ। कोषका लागि झापा जिल्लाबाट मुलुक बाहिर रहेका नेपालीबाट कोष बढाउँदै जाने बताइएको छ।
सम्मेलनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री तथा झपा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देन, कलाकारहरु प्रमोद खरेल, राजा राजेन्द्र, राजेश घतानी लगायत कोरिया आएका थिए।

समाजका शाखाहरु हाल सम्म विश्वका २४ देशमा विस्तार भइसकेको छ। आगामी सम्मेलन सम्म शाखाहरु बढाएर ४० पुर्याउने लक्ष्य राखिएको संयोजक सिटौलाले बताए।

हाम्रो दमक
September 29, 2018 2:36 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)