मोडल लक्ष्मी आचार्यको निकै आलोचना
काठमाडौं । शुक्रबारको नामको साप्ताहिक पत्रिकाको कभर पेजमा नांगो तस्वीर प्रकाशित भएपछि सामाजिक सञ्जालमा गायक तथा मोडल लक्ष्मी आचार्यको निकै आलोचना भएको छ ।
गएको शुक्रबारको अंकमा लक्ष्मीको तस्वीर कभर पेजमा छापिएको थियो । उनको तस्वीर नेपाली संस्कृति र वर्तमान अवस्थामा समाजले स्वीकार गर्न नसकिने किसिमको थियो ।
यो तस्वीर प्रकाशित भएपछि लक्ष्मीले भने त्यसको दोष पत्रिकालाई दिएकी छन् । उनले आफ्नो अनुमति नलिएर फोटोशप गरेर तस्वीर प्रकाशित गरेको स्पष्टिकरण दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमाफर्त स्पष्टिकरण दिए पनि फेसबुक प्रयोगकर्ताले भने उनको निकै आलोचना गरेका छन् ।

एक जना गिरिस रिजाल समिप नाम गरेका फेसबुक यूजरलले लक्ष्मीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आफू तयार नभइ त क्यामेरा ले कैद गरेन होला अनि तिमिले अनुमति नलि साप्ताहिक ले छापेन होला नि ’
यस्तै अर्का फेसबुक यूजर जिपी भट्टराईले लेखेका छन्, ‘थुक्क कलंक आइमाई । तलाई जन्माएकोमा तेरि आमा लाई कति पश्चाताप भएको होला। ’
सामाजिक सञ्जालमा निकै आलोचना भएपछि लक्ष्मीले त्यसको जवाफसमेत दिएकी छन् । उनले फेसबुकमा जवाफ दिएकी छन्, ‘मलाई त्यो आकाश बन्न मन छ …. जसलाइ माथी हेरेर त थुक्छन …..तर छिटा उनिहरुकै मुहारमा पर्छ ।। ’
शुक्रबारमा छापिएको उनको तस्वीर यस्तो थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :