Tuesday 22nd July 2025

च्याम्पियन्स लिगः बार्सिलोनालाई पराजित गर्ने दाउमा टोटनहम

7 years अगाडी

काठमाडौँ, १६ असोज । च्याम्पियन्स लिगमा बार्सिलोनाले टोटनहमसँग प्रतिस्पर्धा गर्दैछ । टोटनहमको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनालाई कडा टक्कर दिने तयारीमा टोटनहम रहेको छ । स्पेनिस लिगमा बार्सिलोनाको पछिल्लो खेल हेर्ने हो भने सन्तोषजनक रहेको छैन ।

तर, च्याम्पियन्स लिगमा बार्सिलोनाले सुखद सुरुवात गरेको थियो ।उसले पहिलो खेलमा पिएसभीलाई पराजित गर्दै महत्वपुर्ण तीन अंक बटुलेको थियो । उता टोटनहम भने इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको थियो ।

पहिलो खेल गुमाएको टोटनहम बार्सिलोनालाई पराजित गर्दै महत्वपर्ण तीन अंक जोड्ने दाउमा रहेको छ । बार्सिलोना पछिल्लो समय फर्ममा नरहेको र टोटनहमले महत्वपुर्ण अंक खोस्न सक्ने सम्भावना बलियो रहेको फुटबल विश्लेषकहरु बताउँछन् । स्टार खेलाडीहरु भएर पनि व्यवस्थित गरेर खेलाउन प्रशिक्षक चुकेको उनीहरुको भनाइ छ ।

          October 2, 2018 11:05 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...