Thursday 21st May 2026

विश्व टी–ट्वान्टी क्रिकेट छनोट: आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै

8 years अगाडी

काठमाडौं, १७ असोज । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह बी को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा सुरु हुनेछ । पहिलो खेलमा दमदार खेल प्रदर्शन गर्ने दाउमा नेपाल रहेको
छ ।

सन् २००६ पछि पहिलोपटक नेपालको सिनियर टिमले म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ मा भएको एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । सो खेलमा म्यानमारलाई नेपालले १० रनमा अलआउट गर्दै मात्र २ बलमा खेल जितेको थियो । यस खेल विश्व क्रिकेट जगतकै सबैभन्दा छोटो खेल मध्येको एक खेल हो ।

          October 3, 2018 10:09 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...