विदेशबाट आउनेलाई विमानस्थलबाटै ‘निःशुल्क बस सेवा’ सुरु
8 years अगाडी
Nepal Drishti
काठमाडौं | सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंलाई लक्षित गरी ७ दिने निशुल्क बस सेवा सुरु गरेको छ । उक्त निशुल्क सेवा हिजो बुधबारदेखि सुरु भएर असोज २३ गते सम्मको लागि हुनेछ । निशुल्क बस सेवाको रुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई रिङरोड परिक्रमा गर्नेछ ।
‘निःशुल्क बस सेवा’ वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो ।

बुधबार बस सेवा उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्ट हरुले संयुक्त रुपमा रिबन काटि यो सेवा सुरु गरेका छन् ।
October 5, 2018 3:14 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...